१ आश्विन २०८३, बिहीबार

नेपाल र भारतबीच सांस्कृतिक विनिमेय

एसीपी संवाददाता

१२ भाद्र २०७९, आईतवार ०७:३० मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीमा भारतको आसाम र नेपाल बीच साहित्य चर्चा तथा सांस्कृतिक विनिमेय भएको छ।

शनिबार मकालु साहित्य समाज सङ्खुवासभाले आयोजना गरेको कार्यक्रममा आसामको कार्बी कुर्फो आमाईका सदस्यहरूको उपस्थिति रहेको थियो।

आसामका कार्बी सुमुदायका कार्बी कुर्फो आमाईका ४३ जना साहित्यकार, कलाकार, सस्कृतिकर्मी र पत्रकारहरू उपस्थित भएका थिए।

कार्यक्रममा दुवै देशका स्थानीय उत्पादन आदनप्रदान गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए।

सङ्खुवासभामा उत्पादित अल्लोबाट तयार पारिको विभिन्न सामग्री, करुवा, राडीपाखी, माटोको भाडा, खुकुरी लगायतका सामग्री कार्बी समुदायहरूलाई हस्तान्तरण गरिएको छ।

कार्बी समुदायले पनि स्थानीय उत्पादनहरू सांस्कृतिक कपडाहरू लगायतका सामग्रीहरू हस्तान्तरण गरेका छन्।

सङ्खुवासभा कुलुङ, नेवार, तामाङ, कुमाल, याख्या, गुरुङ लगायतका जातीहरूले आफ्नो संस्कृति झल्कने कपडाहरू तथा मायाको चिनो प्रदान गरेका हुन्।

यस कार्यक्रममा स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्‍याउने मकालु साहित्य समाजका अध्यक्ष बुढाथोकीले बताए।

कार्यक्रममा नेपाली र आसामी साहित्यको बारेमा समेत चर्चा गरिएको गरिएको थियो। कार्यक्रमा कार्बी समुदाय र नेपालीहरूको आ-आफ्नो संस्कृति प्रस्तुत गरेका थिए।

यसलाई नेपाल भारत सद्भावना भ्रमणको रूपमा लिइएको छ। कार्बी कुर्फो आमाईका महासचिव बलेश्वर हान्सेले नेपालीलाई आसाम भ्रमणको निम्तो समेत दिएका छन्। कार्यक्रमले नेपाल भारत सम्बन्ध थप विस्तार भएको महासचिव हान्सेले बताए। कार्यक्रममा सहभागी अधिकांश कार्बीहरू नेपाली मूलका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x