७ आश्विन २०८३, बुधबार

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता र व्यवहार दुवैको कमी

बिजय बर्मा - नेपालगन्ज , वरिष्ठ पत्रकार

१३ भाद्र २०७९, सोमबार १५:५७ मा प्रकाशित<

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता र व्यवहार दुवैको कमी छ। तीनै तह का सरकार भ्रष्टाचार रोक्न सकेनन। व्यवस्थापिका र न्यायपालिकाले पनि भ्रष्टाचार रोक्ने तत्परता देखाएका छैनन् भने भ्रष्टाचार नियन्त्रणमा मिडिया निरीह बनेको छ।यहासम्म की मीडिया पनि भ्रष्टाचार कार्यमा लिप्त हुनु परेको छ। तीनै तहका सरकारका बजेट विनियोजन हेर्ने हो भने मीडिया कै लगि आफ्नो स्वार्थ पूरा गर्ने को नाममा लाखो बजेट बाड़े मन्त्रीहरुले आफ्नो प्रेस सल्लाहकार का संस्थालाई लाखो लगानी गरे छन।यतिको भ्रष्टा अवस्था आउनु दुर्भाग्य हो।
यस्तै थियो सन २००३ अघि जार्जिया देशमा एउटा नेता आयो भ्रष्टाचारी लाई समूह समूह मैं हटायो भृष्ट पुलिस,प्रशासन र नेता सबै लाई कारवाही गर्यो र देश लाई नया दिशा दियो आफु पनि दुई कार्यकाल पछि नेतृत्व अरु लाई जिम्मा दिएर गयो।
हामी कहिले पाउने यस्तो नेता जसले बोली होइन व्यवहारले,कार्यले,मनले,मस्तिष्कले नै भृष्ट लाई समूल नष्ट गर्ने।हामी सचेत होउ आफ्नै जीवनकाल मै भ्रष्टाचार मुक्त नेपाल हेर्न पाम।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x