२० कार्तिक २०८३, बिहीबार

अब भारतका ४ हजार पतञ्जलि पसलबाट नेपालमा पैसा पठाउन सकिने

एसीपी संवाददाता

१६ भाद्र २०७९, बिहीबार १२:३७ मा प्रकाशित

काठमाडौँ — भारतबाट नेपाल पैसा पठाउन चाहनेले भारतभरि छरिएर रहेका पतञ्जलि आयुर्वेदका पसलहरुबाट पठाउन सक्ने भएका छन् । आईएमई इन्डिया प्राइभेट लिमिटेड र पतञ्जलि आयुर्वेदबीच पैसा पठाउने सम्बन्धमा सम्झौता भएको छ । हाल पतञ्जलिका आयुर्वेद पसलहरु भारतका गाउँ गाउँसम्म खुलेको छ । नेपालीको बसोबास पनि भारतका प्राय: स्थानमा छ ।

भारतमा रहेका प्रवासी नेपालीलाई घरमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा प्रदान गरिएको पतञ्जलि योग पिठका आचार्य बालकृष्णले मंगलबार दिल्लीमा भएको सम्झौता समारोहमा घोषणा गरे । ‘आईएमईबाट पैसा पठाउन अब पतञ्जलिको पसलमा पुगेपछि हुन्छ,’ उनले भने ‘यसले भारतमा रहेका नेपाली नागरिकलाई सुविधा पुग्ने विश्वास लिएका छौं ।’

आईएमई इन्डिया भारतस्थित विदेशी मुद्रा विनिमय, आन्तरिक रेमिट्यान्स तथा भारतबाट नेपालमा इन्डो–नेपाल रेमिट्यान्स गर्ने संस्था हो । पतञ्जलिसँग यसको सहकार्यले भारतमा नेपालीले गरेको कमाइलाई औपचारिक बाटोबाट नेपाल पुर्‍याउन थप सहयोग पुर्‍याउने आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले बताए । दिल्लीस्थित सेल्स हेड हिमांशु लेखकका अनुसार भारतभरि पतञ्जलिको ४ हजार स्टोर सञ्चालनमा छन् । अब तिनै स्टोरबाट नेपालमा पैसा पठाउने सुविधा नेपाली नागरिकले पाउने उनले जानकारी दिए । नयाँ दिल्लीमा मंगलबार हाम्रो स्वभिमान ट्रस्टले आयोजना गरेको तीज महोत्सव कार्यक्रममा योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा सम्झौता भएको हो । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x