१९ जेष्ठ २०८३, मंगलवार

चीनले रोक्न खोजेको तर नेपालमा तिब्बती भासाको पढाई

एसीपी संवाददाता

१७ भाद्र २०७९, शुक्रबार १२:३१ मा प्रकाशित

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ। गाउँपालिकाका विभिन्न विद्यालयहरूमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको हो।

वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ६ सम्मका विद्यार्थीले तिब्बती भाषामा पढ्ने गरेको प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिए। उनीहरूलाई भाषा पढाउने दुई जना शिक्षकका लागि लामा गुरुहरूले तलबभत्ताको व्यवस्था गरेका छन्। खेम्पो लामा गुरुहरूले पाठ्यक्रम र पाठ्यपुस्तकको पनि व्यवस्था गरेको उनले बताए। यो समाचार पनि पढ्नु  होला = चीनका कारण ; नेपालमा प्रहरीको निगरानीमा बाँचिरहेका छन् तिब्बतीहरु

त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ। ‘यहाँ विद्यालय खुलेदेखि नै तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको छ’, प्रधानाध्यापक सञ्जय ढकालले भने, ‘विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षक राख्न सहयोग गर्नुभएको छ।’ विद्यार्थीहरूमा स्थानीय पाठ्यक्रमको धेरै महत्व रहेको उनले बताए। ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौंमा पाइने रहेछ’, प्रअ ढकालले भने, ‘त्यो पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ। स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पुर्‍याउँछ।’ यो पनिसमाचार पढ्नु होला – ताईवान् र भारत नजिकिदै गर्दा चीनमा मच्चियो खैलाबैला , ताईवान् जनताको पक्षमा थुप्रै नेता जनताको साथ संदेश

वडा नं. ४ को नुब्री आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने प्रधानाध्यापक गणेश ढकालले बताए। यसअघि भोटभाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको थियो। सो संस्था नवीकरण नभएपछि विद्यालयको निजीस्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको प्रअ ढकालले बताए।

कक्षा ६ सम्म पढाइ हुने 

सेराङ्गी

आधारभूत विद्यालयका ८८ जना विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेको प्रअ इन्दबहादुर गुरुङले बताए। त्यहाँ स्थानीय भोट भाषामा पढाउन सोलुखुम्बुबाट शिक्षक आएका छन्। शिक्षकलाई सिड नेपाल नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको प्रअ गुरुङले जानकारी दिए।

चुमनुब्री भोटे तथा लामा समुदायको बसोबास भएको गाउँपालिका हो। यहाँका वडा नं. १, २, ४, ५, ६ र ७ मा सतप्रतिशत भोटे र लामा समुदायको बसोबास छ। बुद्ध धर्म अवलम्बन गर्ने उनीहरू तिब्बती भाषा, संस्कार र संस्कृतिका अनुयायी हुन्। यहाँका विद्यालयमा तिब्बती भाषा पठनपाठन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्न गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए।

चारवटा वडामा यसअघिदेखि नै पठनपाठन भइरहेको र अब वडा नं. ६ र ७ मा पनि पठनपाठन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x