१९ आश्विन २०८३, सोमबार
नेपालले जित्यो एकदिवसीय श्रृङ्खला
नैरोबीमा शनिबार भएको दोस्रो खेलमा केन्यालाई हराउँदै एकदिवसीय श्रृङ्खला जितेको हो। एक खेल बाँकी छ भने नेपालले २-० ले श्रृङ्खला जितेको हो।
यसअघि टी-२० श्रृङ्खला पनि जितेको थियो। पाँच खेलको टी-२० मा नेपालले ३-२ ले श्रृङ्खला जितेको थियो।
नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा केन्या ४६.३ ओभरमा २१२ रनमै समेटियो। केन्याका लागि राकेप पटेल बाहेक अन्य खेलाडी टिक्न सकेनन्। पटेलले ८४ रन प्रहार गरे।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७८ रन बनाएका थिए।
त्यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए।
अब नेपाल र केन्याबीचको तेस्रो एकदिवसीय खेल सोमबार मध्याह्न १२ः४५ बजे नैरोबीमा हुनेछ।
Subscribe
Login
0 Comments


