४ असार २०८३, बिहीबार

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भ्रमण बिवादै बिवाद

दिपाली सिंह - काठमाडौं

२८ भाद्र २०७९, मंगलवार १४:३६ मा प्रकाशित<

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमण अहिले बिवादित बनेको छ । यो भ्रमणमा चीनको सोझो दबाव रहेको जस्तो महसुस भएको हो । काठमाडौं उपत्यकामा बन्द जस्तो महौल , यातायात ठप्प भने संविधान सभामा चिनियाँ झन्डा र नेपालको झन्डा राख्ने तरिका पक्कै पनि नेपाली जनताको मन दुखाएको छ ।

नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा राखिएको झन्डाले सम्पुर्ण नेपालीको सिर निहुरिएको छ । अहिले प्रधानमन्त्री, गृहमन्त्री, सभामुख , सहित विभिन्न दलका नेताहरूले यश बारेमा नेपाली जनतालाई जवाफ दिनु पर्छ । उत्तरी छिमेकीले नाकाबन्दी गर्दैमा नेपाली जनतालाई सिर निहुराईने काम किन भयो । के प्रतिनिधि सभामा राखिएको झन्डा चीनलाई खुसी पार्न हो । चीनको दबाव नै हो भने खुलेर भन्नू पर्‍यो या नेपाली जनता बाट दोसिले माफी माग्नु पर्‍यो । अब आउने दिनमा चिनियाँ नेताको भ्रमण भए यस्तो तरिकाले  नेपाली जनताको अपमान गर्ने गराउने अधिकार कुनै अतिथि लाई छैन । मन दुखाउने र अपमान गर्ने जुनसुकै देशको अतिथिलाई पनि अधिकार हुदैन अब यश यथा सिघ्र जवाफ जनतालाई दिनु पर्छ । हरेक सुरक्षा स्थानमा नेपाल प्रहरी सङै चिनियाँ सुरक्षा अधिकारी पनि आवश्यक त्यो स्थान जाने गर्छ्न र पनि झन्डा लगाउने क्रममा दुबै देशको प्रतिनिधि हुन्छ्न

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x