विदेशबाटै कानुनी परामर्श लिंदै सन्दिप, अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने
काठमाडौ । निलम्बनमा परेका क्रिकेटर सन्दिप लामिछाने फरार भएको खबर बाहीएसंगै उनको बारेमा फेरी अर्को खबर बाहीरिएको छ । गत आईतबार नै वेस्टन्डिजबाट नेपालका लागि हिंडेका भनिएका सन्दिपले अहिले भने विदेशबाटै कानुनी परामर्श गरिरहेको प्रहरी श्रोतले जनाएको छ । नेपाल आउने बित्तकै पक्राउ गर्ने गरी कालो सूचीमा परेका सन्दिपले विदेशबाटै नेपालका केही बरिष्ठ कानुन व्यवसायिहरुसंग परामर्शमा रहेको प्रहरी श्रोतले जनाएको छ ।
केही कानुुन व्यवसायि सन्दिपको सम्पर्कमा रहेको प्रहरी श्रोतको भनाई छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले भने सन्दिप प्रक्ररण बारे अनुसन्धान जारी रहेका छन् । सन्दिप विरुद्ध यही भदौ ५ गते नगरकोट घुमाएर राती काठमाण्डौको एक होटलमा ल्याएको र एक जना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ । सन्दिप सहितको नेपाली टोली भाद्र छ गते अन्तराष्ट्रिय सिरिजकालागि केर्निया प्रस्थान गरेको थियो ।
त्याहाँबाट उनी क्यारिबेन प्रिमियर लिग खेल्नकालागि वेस्टन्डिज पुगेका थिए । बलात्कारको आरोपमा निलम्बनमा परेपछि क्यारेबिन प्रिमियर लिगबाट समेत उनी हटि सकेका छन् । तर अहिले सन्दिप वेस्टन्डिजमै छन् या अन्य मुुलुुकमा छन् भन्ने सूचना कसैसंग पनि छैन । यस अघि प्रहरीले सन्दिप नेपाल नआएको अवस्थामा ईन्टरपोल मार्फत रेड नोटिस् जारी गर्ने बताएपनि अहिलेकै अवस्थामा उनी विरुद्ध यस्तो नोटिस् जारी नहुने प्रहरी अधिकारीहरुले नै बताएका छन् ।
सन्दिप आरोपी मात्रै रहेको र अदालतबाट समेत फरार सूचीमा नरहेको हुनाले उनी विरुद्ध रेड नोटिस्को प्रकृया नै अगाडी बढाउन तत्काल नमिल्ने प्रहरी अधिकारीहरुको भनाई छ । रेड नोटिस् जारी भएको अवस्थामा ईन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले जहाँ देख्यो त्यही नै सन्दिपलाई पक्राउ गर्न सक्छन् । ईन्टरपोलमा अहिले संसार भरीका १ सय ९४ देश सदस्य रहेका छन् ।


