३ असार २०८३, बुधबार

चिनियाँ ‘एप’द्वारा नेपालमा आर्थिक ठगी धन्दा

एसीपी संवाददाता

३० भाद्र २०७९, बिहीबार ०८:३६ मा प्रकाशित

काठमाडौं ।  चिनियाँ नागरिकहरु पछिल्ला दिनहरुमा विभिन्न ‘आर्थिक ऋण एप’ बनाएर नेपाली नागरिकहरुलाई उच्च ब्याजदरमा ऋण उपलब्ध गराउनुका अतिरिक्त व्यक्तिगत तथ्यहरुको हनन साथै धोका दिएर ठग्ने कार्यहरु गरिरहेको पाइएको छ । यदि लिइएको ऋण सम्झौता अनुरुप उच्च ब्याजदरमा चुक्ता नगरे चिनियाँहरुले नेपाली नागरिकलाई अनेक बहानामा ठगी गर्ने कार्य गरिरहेको बुझ्न आएको छ ।

प्रहरी अनुसन्धान अनुसार चिनियाँ नागरिकहरुले जाली÷नक्कली कल सेन्टर र कार्यालयहरु नेपालका विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज र सिरहालगायतका स्थानहरुमा नेपालका युवाहरुलाई सहभागी बनाई यस्ता ठगी धन्दा सञ्चालन गरिदैछ ।

द सियासट डटकममा उल्लेख भएअनुसार नेपालीहरुलाई आकर्षीत गर्न विभिन्न प्रकारका नक्कली एपहरु जस्तै उधार कोन, गो क्यास, गो लोन, रुपे प्लस, पकेट क्यास, रुपी फैक्ट्रो, क्यास वाई, पैसा लोन, वक्त लोन, इजी क्रेडिट, फ्रि कैश, हेन्डी लोन, रुपी स्टार अनि हाई क्यास आदि सञ्चालनमा ल्याइएको पाइएको छ ।

यी एपको आधारमा चिनियाँ ठगहरुद्वारा नेरु ३००० देखि ३३००० सम्म ३० प्रतिशत देखि ५० प्रतिशत लोन रकम ६ देखि १५ दिन भित्रमा दिइने गरेको पाइएको छ । दिनहुँ करिव ६ देखि ७ करोड सम्म अनुमानित ५० हजार ग्राहकलाई लोन उपलब्ध गराईदैछ । यसबाट भारतिय नागरिकहरु पनि ठगीको सिकार भएका छन् ।

ऋण उपलब्ध गराउन यिनीहरुले व्यक्तिको व्यक्तिगत तथ्य जसमा नागरिकता, आधार कार्ड, बैंक खाता, ड्राईभिङ लाइसेन्स, फोन नम्बर आदि लिने गर्दछन् । यदि नेपाली ग्राहकहरुले तोकिएको समयमा ऋणको उच्च ब्याजसहित बुझाउन नसके चिनियाँ ठगहरुले निम्न प्रकारको कारवाही गरेको पाइन्छ ।

१. ग्राहकको व्यक्तिगत तथ्य सामाजिक सञ्जालमा प्रकाशन गरिदिने
२. परिवारका सदस्यहरुलाई डर देखाउने, धम्क्याउने, गाली गलौज गर्ने
३. फोन ह्याक गर्ने
४. फोटो भिडियो र अडियो आदि सामाजिक सञ्जालमा पोष्ट गर्ने आदि ।

चिनियाँ ठगहरुका कारण नेपाली ग्राहकहरुले नेपाल प्रहरीको साइबर अपराध ब्यूरोमा उजुरी समेत दिएको पाइएको छ । चिनियाँ ठगहरुले ‘अलि पे’ र ‘वि च्याट’ मार्फत चिनमा लगिरहेका छन् । यस क्रियाकलापद्वारा नेपालले आर्थिक क्षतिका अतिरिक्त सुरक्षा जोखिम पनि भोगिरहेका छन् । यद्यपी नेपाल सरकारका नियामक निकायको भने यस तर्फ ध्यान पुग्न सकेको छैन । एक रिपोर्ट अनुसार करिव ५०० चिनियाँ नागरिकहरुले कास्कीको पोखरामा मात्र यस्तो धन्दा चलाईरहेका छन् । तिनिहरुले करिव २५ स्थानबाट अबैध कार्यहरु सञ्चालन गरिहेको पाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x