३ असार २०८३, बुधबार

५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसर पारेर गरे एभरेष्ट एभरग्रिन का नानी बाबुहरुले सडक नाटक

एसीपी संवाददाता

३० भाद्र २०७९, बिहीबार १४:२२ मा प्रकाशित

कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ०२ मा रहेको एभरेष्ट एभरग्रिन इंग्लिश विद्यालयले ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसर पारेर ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ नारा सहित आयोजना गरेको अपाङ्गलाई हेरिने सामाजिक विभेद सँग सम्बन्धित रहेर जनचेतनामुलक सडक नाटक पिसियो चौहरामा प्रभातफेरी कार्यक्रम पश्चात प्रदशन सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा भीमदत्त नगरपालिका १९ का जनप्रतिनिधि श्री भागरती विष्ट कुँवर ज्यू प्रमुख अतिथि रहेका थिए। यसै विद्यालयका १० मा अध्यनरत छात्र मानव अवस्थीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो भनी प्रधानाध्यापक श्री प्रेम वल्लभ भट्टले बताए। 

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोकेश जोशीले गर्नुभएको थियो।
विद्यालयको आयोजनामा सो नाटक सम्पन्न भएको थियो।
यसै विद्यालयका बाबु प्रतिक भट्ट, सुशील चन्द, हेमन्त जोशी(७), हेमन्त जोशी (६), विपिन थापा, सृष्ठी चौधरी, रक्षा चन्द, करुणा रतोकी, ज्योति जोशी, सृजना चन्द र हेमन्ती जोशीले नाटकमा अभिनय गरेका थिए।
यस बाहेक त्यहाँ छोटो सांस्कृतिक कार्यक्रम पनि सु सम्पन्न भएको थियो। 

3.7 3 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x