२० आश्विन २०८३, मंगलवार

भारतमाथि नेपालको ऐतिहासिक जीत, साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा नेपाल

एसीपी संवाददाता

१ आश्विन २०७९, शनिबार ०७:३१ मा प्रकाशित

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

भारतमाथि नेपालको यो ऐतिहासिक जित हो । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेको हो । योसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।

साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो ।

नेपालको जीतमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन् । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा प्रिति राईको पासमा नेपालका लागि निर्णायक गोल गरिन् । खेलको ३३औँ मिनेटमा प्रिति राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सुन्दर प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा अग्रता लिएसँगै नेपालले खेलको दोस्रो हाफको सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x