४ असार २०८३, बिहीबार

चिनियाँ नेताको भ्रमण कम्युनिस्ट मिलाउने , नेपाल सघाउने हैन

एसीपी संवाददाता

१ आश्विन २०७९, शनिबार १३:३३ मा प्रकाशित

काठमाडौं- चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ तेस्रो वरीयताका नेता लि जान्सुले नेपालका कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउनका लागि पर्यत्‍न गर्ने बताइएको थियो। तर, उनले भ्रमणको पहिलो दिन नै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको झगडाको सामना गर्नुपर्‍यो।

चिनियाँ नेताको बस्‍नका लागि व्यवस्था गरिएको होटल सोल्टीमा लिको स्वागतका लागि माओवादी नेतासमेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले रात्रिभोज आयोजना गरेका थिए। उक्त रात्रिभोज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहिष्कार गरे।

दुई पार्टीलाई मिलाउन आएका चिनियाँ नेता लिको कार्यक्रम एमालेका नेता तिमिल्सिनाले बहिष्कार गरेपछि उनले सभामुखलाई प्रश्‍न गरे। सभामुख सापकोटाले निमन्त्रणा गरिएको भए पनि कार्यक्रम बहिष्कार गरेको रिपोर्टिङ गरे। तिमिल्सिना चिनियाँ सभामुखलाई स्वागत गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिएका थिएनन्।

तिमिल्सिनाले भने चिनियाँ नेताको भ्रमणबारे आफूलाई कुनै जानकारी नदिइएको बताएका छन्। उनी एमाले अध्यक्ष ओलीकै निर्देशनमा रात्रिभोज बहिष्कार गरेको बताइएको छ। पछि परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई चिनियाँ नेतासँग संसद् भवनमै मंगलबार बिहान ९:१५ मा भेट गर्ने गरी कार्यक्रम तय गरिदिएको थियो।

दुई सभामुखबीच सोमबार भएको समझदारीपत्रमा ‘संघीय संसद्का तर्फबाट’ भनिएकामा पनि अध्यक्ष तिमिल्सिनाको आपत्ति छ। ‘समझदारीपत्रबारे अध्यक्षलाई थाहै छैन। संघीय संसद् भनेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त रूप हो’, ती अधिकारीले भने, ‘सभामुखले गरेको सम्झौता कसरी संघीय संसद्को हुन्छ ? ’  त्यसअघि अध्यक्ष तिमिल्सिनाले बेलायती बडामहारानीको शोकमा देश भएको बेला रात्रिभोज नराखेर भोलिपल्ट राख्न सरकारमार्फत सुझाव दिएका थिए। तर, सुनुवाइ भएन।

पछि चिनियाँ नेता लिले माओवादी र एमाले अध्यक्षसँगको भेटमा पनि यही कुरालाई उठाएका थिए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक किचलोमा नफस्‍न आग्रह गरेका थिए। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x