८ आश्विन २०८३, बिहीबार

चिनियाँ ठेकेदार विरुद्ध नाराबाजी शुरु ; सरकारले कहिले स्पष्टीकरण माग्ने ?

एसीपी संवाददाता

५ आश्विन २०७९, बुधबार ०८:५९ मा प्रकाशित

महेन्द्र राजमार्ग निर्माणमा चिनियाँ ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयहरूले ठेकेदारविरुद्ध राजमार्गमा प्रर्दशन गरेका हो।  गैंडाकोट स्थित हर्कपुर चोकमा राजमार्ग अवरुद्ध गरेर प्लेकार्ड सहित स्थानीयहरूले निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार विरुद्ध नाराबाजी गरेका हुन् । स्थानीयले एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए ।

गैंडाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देवीदत्त कँडेलका अनुसार ३ वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माणको काम नगरेर राजमार्गमा धरापै धराप बनाएर छाडेका कारण बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको बताए ।
वडा नम्बर १० का वडाअध्यक्ष देवीदत्त कँडेल र वडा नम्बर ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले आन्दोलनको आह्वान गरेका थिए । साथै सरकारले पनि सडकको अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको प्रदर्शनकारीहरूको आरोप छ ।

४ वर्षसम्म सडक निर्माण नहुँदा सडकमा बनाइएका खाल्डाहरूमा परेर मान्छेको ज्यानसमेत जानेगरेको भन्दै स्थानीयहरू आन्दोलित बनेको सुवेदीले बताए ।

राजमार्ग निर्माण गर्ने भनेर भत्काएर छोडेका कारण राजमार्गमा धरापै धराप छ । सडकका खाल्डाखुल्डी र धुलोका कारण कावासोतीबाट ३० किलोमिटर पूर्वको नारायणगढ बजार पुग्न ३ घण्टा लाग्ने अवस्था छ ।

सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले गत साउन २२ गतेसम्म राजमार्गको काम सम्पन्न गरेर नेपाल सरकारलाई बुझाउने सम्झौतामा उल्लेख भए पनि हालसम्म १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । बुटवल नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर राजमार्ग सम्पन्न गर्न १७ अर्बमा ठेक्का दिइएको थियो। करिब ४ वर्षमा काम सम्पन्न गर्नुपर्ने ठेकेदारले तोकेको अवधिमा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x