१ आश्विन २०८३, बिहीबार

भारतमा लाेकप्रिय बनेकाे प्रेम गीत ३ ले पहिलो दिनमै कमायो ७ करोड ७५ लाख बढी

एसीपी संवाददाता

८ आश्विन २०७९, शनिबार २३:१७ मा प्रकाशित

काठमाडौं । प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ।

शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।
यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो। यी सबै भारतीय रुपैयाँमा हुन्।

नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ।
फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

-बलिउड हंगामाको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x