७ आश्विन २०८३, बुधबार

लागू पदार्थकाे ट्रन्जिट प्वाइन्ट बन्दै कृष्णनगर , चरेससहित २ जना पक्राउ

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार ०७:३३ मा प्रकाशित

कपिलवस्तु । केही दिनदेखि लागू पदार्थकाे ट्रान्जिट प्वाइन्ट बन्दै गएकाे जिल्लाका कृष्णनगर-बढनी नाकामा चरेससहित एकजना नेपालीसहित दुई जना पक्राऊ परेका छन ।
चरेस लगायतका लागू पदार्थकाे कराेबारीकाे मनाेबल बढ्दै गएकाले ट्रान्जिट प्वाइन्ट नेपाल-भारत सिमाकाे कृष्णनगर नाका बनेकाे पछिल्लो घटनाक्रमले देखाउंछ ।

शनिबार नेपाल-भारत खुला सिमानामा सुरक्षा निकायलाई छलेर भारत लगि रहेको चरेस भारतिय एसएसबिले पक्राऊ गरेको छ । विशेष सुराकीका आधारमा चेकजाँच गर्दा भारतिय एसएसबिले ४ किलो चरेस सहित २ जनालाई पक्राऊ गरेको भारतिय सुरक्षास्राेतले जनाएका छन ।
कृष्णनगर भन्सार नाकादेखि एक किलाेमिटर भित्र सशस्त्र र जनपद प्रहरीका कुल सात चेकपोस्ट रहे तापनि प्रतिबन्धित लागुपदार्थ लगायत चरेस कराेबारीहरुकाे मनाेबल बढ्दै गएकाे छ ।
कृष्णनगर नाका प्रयोग गरि निरन्तर चरेसको कारोबार बढेको पाइन्छ । यहि असोज १ गते सशस्त्र प्रहरी बल कृष्णनगर बिओपीले लगभग ४ किलोग्राम चरेस सहित १ जनालाई पक्राऊ गरेकाे थियाे पछि दुई जना थप गरि कुल ३ जना समातिएका थिए । नेपाल प्रहरीले थप अनुसन्धान गर्ने क्रममा ईप्रका कृष्णनगरले २.७ किलोग्राम सहित २ जना पक्राऊ परेका थिए।

कृष्णनगर मै सशस्त्र प्रहरी काे बाेर्डर आउटपाेष्ट रहेकाे छ तर चरेस काराेबारिकाे जरा समात्न सकेकाे छैन । हिजै नेपाल-भारत सिमा पार गरिरहेका दुई जनालाई चरेससहित भारतिय एसएसबिले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका १० सौनहवाका ५८ बर्षिय रामनरायण कहार रहेका छन भने अर्का १ जना भारतको उन्नावका ४८ बर्षिय दौलत खेडा थिए । दुवै जनालाई थप अनुसन्धान भईरहेको भारतिय स्रोतले जनाएकाे छ । सिमा नजिकै भारतको बढ्नीमा ४ किलोग्राम चरेस पक्राऊ गरिए तापनि पनि नेपाल हुँदै गइरहेका चरेस काराेबारी भने सुरक्षा निकायले समाउन सकिरहेकाे छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x