१८ श्रावण २०८३, सोमबार

नेपाली मुद्रा झन् कमजोर

एसीपी संवाददाता

११ आश्विन २०७९, मंगलवार ०८:२५ मा प्रकाशित

काठमाडौं । नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ ।शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो ।

नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण कारण नेपाली रुपैयाँमा पनि कमजोर भएको हो ।

यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x