८ आश्विन २०८३, बिहीबार

एमालेमा चर्कियो बिवाद , अध्यक्ष केपी र मधेस प्रदेशका इन्चार्ज महासेठबीच घमसान

एसीपी संवाददाता

१४ आश्विन २०७९, शुक्रबार १८:१० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांश उम्मेद्वारहरु टुंगो लगाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठबीच भनाभन भएको छ ।

मध्यराति १ बजेसम्म बसेको सचिवालय बैठकले केही ठाउँ बाहेकका उम्मेद्वार टुंगो लगाउने क्रममा मधेस प्रदेशका इन्चार्ज रहेका महासेठले मधेस प्रदेशमा आफूले निर्णय गर्न पाउनु पर्ने माग गरेपछि भनाभन भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार मधेस प्रदेश, रुपन्देही ३, ताप्लेजुङ लगायतका केही ठाउँमा उम्मेद्वारीको टुंगो लगाउन बाँकी छ । यी ठाउँहरुमा थप परामर्शसहित उम्मेद्वारीलाई अन्तिम रुप दिने काम अध्यक्ष ओलीले गर्ने बैठकले निर्णय गरेको छ ।

उम्मेद्वारी टुंग्याए पनि त्यसलाई पार्टीले गोप्य राखेको छ । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही ठाउँमा राप्रपासँग हुन सक्ने तालमेलका कारण पनि उम्मेद्वारी फाइनल नभएको नेताहरुले बताएका छन् ।

बिहीबार साँझ ५ बजेदेखि अध्यक्ष ओली निवास बालकोटमा भएको बैठक राति १ बजे सकिएको थियो  । बैठकमा सचिव रघुवीर महासेठले मधेस प्रदेशका विषयमा आफूले निर्णय गर्न पाउनु पर्ने अडान राखेको र सो अडानलाई अध्यक्ष ओलीले अस्वीकार गरेपछि दुई जनाबीच केही समय भनाभन भएको स्रोतले जनाएको छ ।

‘रघुवीरजीको मधेस प्रदेशमा आफूले निर्णय गर्न पाउनु पर्यो भन्ने दाबी थियो । तर अध्यक्षले उम्मेदवार छनोटमा एउटै मापदण्ड विधि लागु गरिने त्यसमा कसैले पनि एकल निर्णय गर्न पाउनु हुन्न, प्रदेस इन्चार्जमात्र होइन राम्रो उम्मेदवार छ भने जिल्लाबाट आएको नाम पनि सदर हुन्छ भन्नुभयो’, एक सचिवालय सदस्यले भने ।

सचिवालय बैठकलबाट एमालेले समानुपातिक निर्वाचनतर्फको बन्दसूची हेरफेर गर्ने भएको छ । नेताहरुसँग छलफल गरि हेरफेर  गरेको संशोधित बन्दसूची बुझाउने भएको हो । बिहीबार राति मध्यरातसम्म बसेको बैठकले केही बन्दसूची हेरफेर गरी निर्धारति समयमै बुझाउने भएको हो ।

बन्दसूची थपघटको जिम्मा पार्टी  अध्यक्ष केपी शर्मा ओलीलाई दिएको  छ । समानुपातिकको सबै नामावली टुंगो लागिसकेको छ । वरीयताक्रम पनि तोक्नुपर्छ नि यो सबै तोकेर अन्तिम निर्णय गरेर निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम चाहिँ केन्द्रिय हेडक्वार्टरले गर्ने गरी सचिवालय बैठकले अख्तियारी दिएको छ ।

एमालेले यसअघि समानुपातिक निर्वाचनतर्फको बन्दसूची असोज ३ मा बुझाएको थियो । बैठकले प्रत्यक्ष तर्फको सिट भने टुंगो लगाइसकेको छैन । १६५ सिटमा कोको उम्मेदवार हुन सक्छन् भनेर छलफल गरे पनि टुंगो दशैंको टीका सकिएर प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन गर्ने सँघारमा मात्रै टुंग्याउने बताइएको छ ।

बैठक असोजको २१ र २२ गते बस्ने गरी सकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x