८ आश्विन २०८३, बिहीबार

कांग्रेसले मधेसमा स्पष्ट बहुमत ल्याउने प्रक्षेपण, कम्युनिष्ट र मधेशवादीहरुको पत्तासाफ हुने !

एसीपी संवाददाता

१६ आश्विन २०७९, आईतवार ०६:४९ मा प्रकाशित

जनकपुर । नेपाली कांग्रेसले मधेस प्रदेशमा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका बेला पोलिटिकल एनालाइसिस एण्ड रिसर्च सेन्टर (पीएआरसी) ले गरेको सर्वेक्षणमा कांग्रेसको जनाधार बढेको पाइएको छ । स्थानीय तह निर्वाचनको परिणामअनुसार पनि कांग्रेस पहिलो दल बनेको थियो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पहिलो स्थान कायम गर्दै बहुमत ल्याउने पीएआरसीको प्रक्षेपण छ । हरेक निर्वाचनका पाँच हजार मानिससँग भेटेर गरिएको सर्वेक्षणको नतिजामा मधेसमा कांग्रेसले १८ देखि २० सिटसम्म जित्ने निश्चित देखिएको छ ।

त्यसैगरी ६४ सिट रहेको प्रदेशसभा कांग्रेसले ३८ देखि ४० सिटसम्म जित्न सक्ने वातावरण बनेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले कांग्रेस एक्लै लडे बहुमत आउने देखाएको छ । संस्थाले देशभरीकै सर्वेक्षण जारी राखेको छ ।

केही दिनमा देशव्यापी रिपोर्ट सार्वजनिक गर्नै पीएआरसीले जनाएको छ । यो संस्थाले यसअघि सर्लाही जिल्लामा स्थानीय तह निर्वाचनको बेला १२ सिटमा जित्ने प्रक्षेपण गरेको थियो । जो ठ्याक्कै मिलेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x