१९ श्रावण २०८३, मंगलवार

आफ्नो हैसियतभन्दा बढी सिट माग्ने उपेन्द्रलाई देउवाले ल्याए औकातमा, मधेसमा अब कांग्रेसलाई सहज

एसीपी संवाददाता

१६ आश्विन २०७९, आईतवार १४:२४ मा प्रकाशित

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा सत्ता गठबन्धनबाट बाहिरिएको छ ।

आफ्नो हैसियतभन्दा बढी सिट माग्ने उपेन्द्रलाई प्रधानमन्त्री एवं प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाको असली औकात देखाइदिएपछि गठबन्धनबाट बाहिरिएको छ ।

उपेन्द्र यादवको पार्टी पछिल्लो समय मधेसमा कमजोर बन्दै गएको छ । जसपाका पाँचवटा सांसद अर्काे पार्टीमा गइसकेका छन् । पार्टी कमजोर बन्ने तर गठबन्धनमा बार्गेनिङ भने धेरै गर्ने उपेन्द्रको प्रवृत्तिले गठबन्धनका शीर्ष नेता आजित बनेका थिए । उपेन्द्रले आफै गठबन्धन छोडेर जाओस् भन्ने परिस्थिति गठबन्धनमा आइसकेको थियो ।

यो बीचमा देउवाले हैसियतभन्दा बढी सिट दिन नसकिने, पार्टी रित्तिसकेको कुरा नबिर्सिन भन्दै उपेन्द्रलाई असली औकात देखाएका थिए ।

गठबन्धनमा बार्गेनिङ सफल नभएपछि उपेन्द्र आफै गठबन्धनबाट बाहिरिएका हुन् । जसपाका प्रवक्ता मनीष सूमनले बिज्ञप्ति जारी गरेर गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेका अरु दल (एमाले)सँग तालमेल गर्ने उल्लेख गरेका छन् । एमालेसँग सफल नभएमा एक्लै लड्ने निर्णय जसपा केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको बैठकले निर्णय गरेको प्रवक्ता सूमनले जानकारी दिएका छन् ।

जसपाको निर्णय सार्वजनिक भएसँगै जसपाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु पनि खुसी देखिएका छन् । भौतिक पूर्वाधारमन्त्री इस्तियाक राईले फेसबुकमा ह्याप्पी मुडमा तस्बिर राखेका छन् । राईसँगै वनमन्त्री प्रदीप यादवले पनि एकसाथ प्रोफाइल पिक्चर परिवर्तन गरेका छन् ।

गठबन्धनको सिट बाँडफाँडबाट जसपा बाहिरिएसँगै अब मधेसमा चुनाव लड्न कांग्रेसलाई सहज हुनेछ । बढीभन्दा बढी सिट कांग्रेसले पाउने र स्थानीय तहको चुनावबाट जनाधारमा पहिलो भएकाले उत्कृष्ट नतिजा ल्याउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x