२७ श्रावण २०८३, बुधबार

उपमहानगरपालिकाले भन्यो-`नेपालगन्जमा डेंगी फैलिन थाल्यो सजगता अपनाउ

एसीपी संवाददाता

१९ आश्विन २०७९, बुधबार ०८:२८ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाले डेङ्गी संक्रमणबाट जोगिन सजकता अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरबासीका नाममा आज एक सन्देश प्रवाह गर्दै डेङ्गीको संक्रमण नेपालगन्जमा पनि फैलिन थालेकाले सजकता अपनाउन आग्रह गर्नुभएको छ ।

नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारले आफ्नो रोग नियन्त्रण प्रोटोकलमा नराखेकाले नेपालगन्ज उपमहानगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न नसकेको जानकारी गराउनुभएको छ ।

लामखुट्टे मार्ने औषधि छर्किन नगरबासीका तर्फबाट गरिएको अनुरोधपछि नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारको प्रोटोकलमा नरहेकाले नेपालगन्ज उपमहानगरपालिकाले यो कार्य लागू गर्न नसकेको स्पष्ट पार्नुभएको छ ।

स्वास्थ्य महाशाखालाई उद्धृत गर्दै उहाँद्वारा जारी सन्देशमा भनिएको छ, “एडिज एजिप्टी नामको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा लाग्ने डेङ्गी रोगको प्रकोप बढिरहेको हालको अवस्थामा समुदाय तथा नागरिकहरुमा किटनाशक औषधि छर्ने माग बढिरहेको अवस्थामा सरकारी तहबाट र बिश्व स्वास्थ्य संगठनले समेत लामखुट्टे मार्न यो प्राथमिकतामा नराखेकोले सो कार्य नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रण प्रोटोकलमा समावेश नगरेकाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि सो कार्य लागू नगरेको हो ।”

नगर प्रमुख विष्टले जारी गरेको सन्देशमा लामखुट्टे मार्ने स्प्रेको प्रभावकारिता र साइड इफेक्टबारे उल्लेख गरिएको छ । यस्तै डेङ्गी सार्ने लामखुट्टेका विशेषता र डेङ्गी रोगबाट बच्ने उपायहरुबारे जानकारी गराइएको छ ।

डेङ्गी रोगबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x