८ आश्विन २०८३, बिहीबार

जसपाकाे गढ मै ठुलाे धक्का , केन्द्रीय देखि जिल्लाका नेताले दिए सामुहिक राजिनामा

एसीपी संवाददाता

२० आश्विन २०७९, बिहीबार ०७:४६ मा प्रकाशित

सिरहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलित र साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साहले जनाए ।

उनले जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजीनामा गर्नुपरेको बताए । विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिरहा शुन्य रहेको उनले दुख व्यक्त गरे ।
मधेसवादीको स्थापना भएको बेला विभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।
जसपा पार्टी तानाशाही पार्टी रहेकोले हामी लगायत हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको बताए ।

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न ३ (क) बाट प्रदेश सभा सदस्य र ,दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखको प्रत्यासी रहेका थिए ।

सिंहलाई ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ (क)को लागि टिकट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x