८ आश्विन २०८३, बिहीबार

केपी ओलिलाई दाङ बाट ठुलो झडका , गङा चौधरी स्वतन्त्र चुनाव लडने

एसीपी संवाददाता

२१ आश्विन २०७९, शुक्रबार १३:४८ मा प्रकाशित

नेकपा एमालेकी निवर्तमान सांसद एवं नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्।

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्। उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

चौधरी एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थिइन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x