८ आश्विन २०८३, बिहीबार

जसपा पार्टी त्याग गर्नेहरुको लर्को कायमै

एसीपी संवाददाता

२१ आश्विन २०७९, शुक्रबार २०:५३ मा प्रकाशित

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य कौशल किशोर यादव लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन्। जसपा नेपाल परित्याग गरेका यादवलाई लोकसपाका केन्द्रीय अध्यक्ष महन्त ठाकुर तथा वरिष्ठ नेता शरतसिंह भण्डारीले पार्टी प्रवेश गराएका हुन्।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को (क) बाट जसपा नेपालबाट विजयी सांसद यादव लोसपा प्रवेश गरेका हुन्। जसपाले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय र जिल्ला कमिटीले सिफारिस गरेको थियो।

उनीसँगै एमालेका महोत्तरी भुपु जिल्ला अध्यक्ष विनोद कुमार साह लगायत दर्जन नेता तथा कार्यकर्ताहरुले लोकतान्त्रिक समाजवादी पार्टीको मुख्यालय काठमाडौंमा पार्टी प्रवेश गरेका हुन्। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x