सम्पूर्ण लगानी भारतमा केन्द्रित गर्दै टाटा एन्ड सन्स
भारतमा आगामी पाँच वर्षमा प्रविधि क्षेत्र र विभिन्न परियोजनामा टाटाले ९० अर्ब डलर लगानी गर्नेछ
तपाईं भारतीय पुँजीवादको अग्रमोर्चाको झलक देख्न चाहनुहुन्छ भने उसको दक्षिणी राज्य तमिलनाडुको यात्रा गर्नुस् । त्यहाँ छानामाथि सोलार प्यानल जडान गरिएका नयाँ कारखानाहरू ५५० एकड (करिब आठ सय ७० बिघा) क्षेत्रमा फैलिएका छन् । यी अत्याधुनिक कारखानामा टाटाले एप्पलका लागि आइफोनका पार्टपुर्जाहरू बनाउनेछ र अन्ततः यो प्रक्रियाबाट उसले भारतलाई विश्वको सबैभन्दा परिष्कृत आपूर्ति शृंखलामा जोडेर चीनको विकल्प दिनेछ ।
टाटाको यो परियोजना यतिमै सीमित छैन । यो भारतको सबैभन्दा ठूलो व्यवसायले गरिरहेको ९० अर्ब डलरको नयाँ र आश्चर्यजनक लगानीको एक हिस्सा मात्रै हो । यसले टाटाले आफूलाई स्वदेशी बजारतर्फ फर्काउँदै गरेको र विश्वव्यापी विस्तारको ३० वर्षे रणनीतिबाट टाढिँदै गरेको पनि देखाउँछ । टाटाको भारतमा इलेक्ट्रोनिक्स सामानहरू उत्पादन गर्ने कारखानाहरूको स्थापना र सेमिकन्डक्टर फ्याब्स खडा गर्ने टाटाको महत्वाकांक्षाले भारतको अर्थव्यवस्थालाई नै रूपान्तरण गर्न सक्छ । ‘यो दशक भारतको हुनेमा म दृढ विश्वास गर्छु,’ टाटा समूह सञ्चालन गर्ने मूल कम्पनी टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरन भन्छन् ।
टाटाको रणनीतिमा आएको परिवर्तनले व्यापारिक जगत्मा विश्वव्यापीकरणका प्रखर अभियन्ताहरूको नाटकीय मनोवैज्ञानिक परिवर्तनलाई पनि प्रतिबिम्बित गर्छ । किनभने उनीहरूले नयाँ मेगाट्रेन्डलाई पछ्याउन थालेका छन् । यो ट्रेन्डमा चीनबाट रणनीतिक म्यानुफ्याक्चरिङहरूलाई नयाँ स्थानमा स्थानान्तरण गर्ने, नयाँ ऊर्जा प्रणाली र औद्योगिक नीतिको उद्भवलगायत पर्छन् । अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी यसैको वकालत गरिरहेका छन् ।
विश्वमै तीव्रगतिमा वृद्धि भइरहेको भारतीय अर्थतन्त्रलाई दुुई ठूला हस्ती मुकेश अम्बानी र गौतम अडानीले गति दिइरहेका छन् जस्तो देखिन सक्छ । यी दुई (अडानी र अम्बानी)ले आगामी पाँच वर्षमा एक खर्ब डलर खर्चिन सक्छन् । तर, बजार मूल्य (दुई खर्ब ६९ अर्ब डलर) र सञ्चालन मुनाफा (१६ अर्ब डलर) रहेको टाटा कम्पनी नै भारतको सबैभन्दा ठूलो व्यवसाय हो, जुन स्टिल मिलदेखि सफ्टवेयरसम्म विस्तारित छ । यसका नयाँ योजनाहरू अन्य कुनै पनि व्यक्तिगत फर्मका भन्दा ठूला छन्, जसमा विद्युतीय सवारीसाधन (इभिएस) उत्पादन, विद्युतीय उपकरण एवं ब्याट्री उत्पादन गर्ने मेगाफ्याक्ट्रीहरूको स्थापना, सफा ऊर्जा र चिप (सेमिकन्डक्टर) लगायत समावेश छन् । टाटा यति महत्वाकांक्षी देखिन्छ कि उसले एयर इन्डिया किनेर अप्रत्यासित नतिजा
देखाइसकेको छ ।
दुई खर्ब ६९ अर्ब डलर बजार मूल्य र १६ अर्ब डलर सञ्चालन नाफा रहेको टाटा भारतकै ठूलो व्यावसायिक घरना हो, जुन स्टिलदेखि सफ्टवेयर उत्पादनसम्म विस्तारित छ ।
टाटाको आकार, ख्याति र रेकर्डले यसलाई विश्वकै महत्वपूर्ण कम्पनी बनाएको छ । ८० देखि ९० करोड ग्राहक र करिब १० लाख कर्मचारी रहेको टाटा कम्पनी निकै पुरानो कम्पनी हो । दुई खर्ब डलर मूल्यभन्दा बढीका कम्पनीमध्ये यो सबैभन्दा पुरानो हो, जुन सन् १८६८ मा जोनसन एन्ड जोनसनभन्दा १८ वर्षअघि स्थापना भएको थियो ।
एप्पल मात्रै होइन, स्टारबक्सदेखि जारासम्मका बहुमूल्य बहुराष्ट्रिय कम्पनीहरूले भारतमा सहकार्यका लागि टाटालाई नै रोज्ने गर्छन् । टाटा सन्स फोब्र्सका धनाढ्य सूचीमा पर्न लालायित रहने धनीहरूबाट होइन, विश्वमै सबभन्दा कम परिचित र धनाढ्य परोपकारी व्यक्तिका कर्मचारीहरूद्वारा (टेक्नोक्र्याट) सञ्चालित छ ।
सन् २०२० र सन् २०३० को दशकमा टाटा र भारतको दिशा बुुझ्न विगतमा फर्किनुपर्छ । यो प्राविधिक र राजनीतिक परिवर्तनलाई आत्मासात् गरेर टिकिरह्यो । यसले औपनिवेशिक कालमा रेलवेका लागि फलाम उत्पादन गर्यो, स्वतन्त्रतापछिको भारतमा घुमाउरोे समाजवादी मार्ग हिँड्यो । सन् १९९० को दशकको सुरुवातसँगै जब अर्थतन्त्र खुला भयो, यसले आउटसोर्सिङ कम्पनीलाई सूचना प्रविधि सेवा बेचेर उच्च सीपयुक्त कार्यलाई पुनः सुरु गर्यो । सन् १९९१–२०१२ बीचका बोस रतन टाटाले समूहलाई आधुनिक युगमा तान्न र दोस्रो दशक ब्रिटिस कार निर्माता जगुआर ल्यान्ड रोभर र एंग्लो–डच स्टिल निर्माता कोरससमेतका कम्पनीलाई १८ अर्ब डलरमा खरिद गर्दै टाटालाई विश्वव्यापी बनाउन बिताए । सीमाविहीन वाणिज्यको असीमित अवसरमा टाटाको विश्वासलाई त्यतिवेला धेरैले पछ्याए । विदेशमा भारतीय कम्पनीहरूको वार्षिक लगानी सन् २०००–२००८को ४० गुणाले वृद्धि भएर उत्कर्षमा पुुग्यो ।
असुरक्षा र आशा
विस्तार(बुम)को पछाडि असुरक्षा र आशा दुुवै हुन्छ । टाटा भारत स्वस्थ प्रतिस्पर्धाका लागि उचित नभएकोमा चिन्तित थियो । टाटा र अन्य उदीयमान फर्महरू आधुनिक प्रविधिका लागि पश्चिमा मुलुकमै रहनुपर्ने विश्वास गर्थे । नवप्रवर्तनलाई पछ्याउँदै टाटाले भारतमा दुई हजार डलर मूल्यको नानो नामक अल्ट्रा बेसिक कार पनि ल्याएको थियो ।
कर्पोरेट विश्वव्यापीकरणको युुग समाप्त भएको छ । भौगोलिक खिचातानीले अधिकांश बहुराष्ट्रिय कम्पनीको आर्थिक अवस्थालाई कमजोर बनाएको छ । टाटाको सन्दर्भमा सन् २०१२ सम्म उसकोे दुुईतिहाइ बिक्री भारतबाहिर थियो । यसबीच, उसको ७० प्रतिशत पुँजीको प्रतिफल १० प्रतिशतभन्दा कम रह्यो । खुद ऋण बढेर कुल सञ्चालन नाफाको दोब्बर पुगेको थियो । यो तनावले टाटा होल्डिङ कम्पनीमा संकट निम्तियो । सुशासनलाई लिएर टाटा सन्समा १८ प्रतिशत स्वामित्व रहेका साइरस मिस्त्रीलाई हटाउँदै टाटाले सन् २०१७ को सुरुवातबाट चन्द्रसेकरनलाई नियुक्त गरेका छन् । चन्द्रसेकरनले समूहलाई चलायमान राख्दै व्यवसायलाई नाफामा लगेका छन् ।
टाटामा चन्द्रसेकरनको उदयले एसियाली व्यवसायको अर्को परिवर्तनलाई पनि चित्रण गर्छ– प्रविधिमा उदीयमान बजारको आत्मविश्वास । गत दशकमा भारतले सम्भवतः विश्वकै सबैभन्दा अत्याधुनिक भुक्तानी प्रणाली विकास गरेको छ । एक अर्ब डलर वा सोभन्दा बढी मूल्य भएका एक सयभन्दा धेरै अग्रणी प्रविधि कम्पनीका लागि भेन्चर क्यापिटल (पुँजी) जुटाउन सहयोग गरेको छ । यसकारण, टाटालगायत आइटी फर्मको आकार दोब्बरभन्दा धेरैले बढ्नुका साथै प्रविधिगत रूपले पनि निकै परिष्कृत भएका छन् । ५जी दूरसञ्चार व्यवसाय जिओमा अम्बानीको ४६ अर्ब डलरको दशवर्षे लगानीले विकासशील अर्थव्यवस्थामा उन्नत प्रविधिमा ठूलो लगानीलाई प्रतिफलमुखी तवरमा परिचालन गर्न सकिन्छ भन्ने देखाएको छ ।
मोदी सरकार प्रवर्तित व्यवसाय र राज्यको भूमिकाबीच आएको सम्बन्धको परिवर्तनले पनि प्रविधि कम्पनीमा आत्मविश्वास बढेको छ । आपूर्ति शृंखलामा चीनभन्दा एक कदम अगाडि बढेर नवीनतम प्रविधि एवं ऊर्जा क्षेत्रमा अगाडि बढ्दा त्यसले अवसरहरू सिर्जना गर्नेछ । तर, यसको भरपूर उपयोग कसले गर्ला ?
भारतका सरकारी कम्पनी निराश छन् । विदेशी बहुराष्ट्रिय कम्पनीले न औद्योगीकरणमा योगदान गरेका छन्, न त प्रविधिगत समुन्नतिमा नै । ठूलो जोखिम उठाउन सक्ने गरी पर्याप्त पुँजी भएका नयाँ फर्महरू जन्माउन पुँजीबजार विफल छ । भारतको अन्तिम लगानी चक्र (सन् २००३ देखि २०११ को पूर्वाधार बुम) ऋण सञ्चालित थियो र असफलतामा पुगेर अन्त्य भएको थियो । सरकार र मालिकहरू अहिले ठूला कम्पनी मन पराउँछन् । त्यसमा कंग्लोमरेट (व्यावसायिक समूह) र जेडब्लू स्टिल तथा एचडिएफसी बैंक (एक खर्ब ४० अर्ब डलरको मेगामर्जर भएर बनेको) जस्ता विशेषज्ञ फर्महरू रोजाइमा पर्छन् । अडानी ग्रुप र अम्बानीको रिलायन्सजस्ता केही कम्पनीले मेगा मर्जरमा भूमिका निर्वहन गर्छन्, उनीहरू राज्यसँगकोे निकटतालाई मन पराउँछन् । केही उद्यमीचाहिँ राष्ट्रिय विकासको माग र प्रतिफलमुखी जिम्मेवार व्यवसायमा लगानी गर्छन् । टाटा दोस्रो क्याम्पमा छ ।
टाटा कुलीन र रहस्यमय व्यक्ति हुन् भने चन्द्रसेकरन द्रूत र तार्किक छन् । अहिले टाटाका कमजोरी चुपचाप मेटिँदै छ ः टाटा सन्स सन् २०१७ यता १० अर्ब डलर अपलेखन गरेर टेलिकमजस्ता कमजोर क्षेत्रहरूबाट बाहिरिएको छ भने मातहतका कमजोर कम्पनीहरूमा पुँजी थपेको छ । अहिले टाटाको स्टिल व्यवसाय फस्टाइरहेको छ र विशेषगरी विद्युतीय सवारीमा टाटाको बजार हिस्सा बढेको छ (यद्यपि यसको सबैभन्दा बढी बिक्री हुने नेक्सन इभीको मूल्य उत्पादन बन्द गरिएको नानोको भन्दा १७ हजार डलर बढी छ) । कमजोरी हटाउने कार्य दुईतिहाइ सकिँदा टाटाको लगानीमा प्रतिफल बढेर २१ प्रतिशत पुगेको छ । हाम्रो गणितअनुसार सन् २०१७ यता टाटा सन्सको सेयरले भारतको सेयर बजारलाई ४६ प्रतिशत अंकले उछिनेको छ । गत वर्ष भारतको सर्वोच्च अदालतले टाटाको पक्षमा फैसला गरेपछि उत्तराधिकारको कानुनी लडाइँ समाप्त भएको छ । फेब्रुअरीबाट चन्द्रसेकरनलाई अर्को पाँच वर्षका लागि नियुक्त गरिएको छ ।
सन् १९९० पछि पहिलोपटक टाटा विदेशी कम्पनी कम भारतीय कम्पनी बढी बन्न जाँदै छ । गतवर्षबाट भारतमा टाटाको कुल बिक्री ३८ प्रतिशत पुगेको छ । आगामी पाँच वर्ष टाटाले प्रविधि क्षेत्र र सरकारको एजेन्डाअनुकूलका परियोजनामा भारतमा ९० अर्ब डलर लगानी गर्दै छ । केही लगानी भारतको बढ्दो उपभोगलाई लक्षित गरेर उपभोग्य सामग्रीको उत्पादनको क्षेत्रमा हुनेछ भने केही निर्यातलक्षित म्यानुफ्याक्चरिङमा हुनेछ । चन्द्रसेकरन ‘विश्वव्यापी कम्पनीहरूलाई भारतमा आधारित आपूर्ति शृंखला सिर्जना गर्ने विश्वव्यापी अवसर छ’ भन्छन् ।
चन्द्रसेकरनका चुनौती
हाम्रो गणितअनुसार टाटाको वार्षिक पुँजीगत खर्च बढेर १८ अर्ब डलर पुग्दै छ । यसले टाटालाई भारतको सबैभन्दा ठूलो लगानीकर्ता बनाउनेछ । भारतका सम्पूर्ण निजी फर्महरूको लगानीको तुलनामा रिलायन्स र टाटाको हिस्सा सात प्रतिशत पुग्छ । यदि योजनाअनुसार भयो भने अहिले प्रविधि क्षेत्रमा २५ प्रतिशत रहेको टाटाको पुँजी लगानी सन् २०२७ सम्ममा ५० प्रतिशत पुग्नेछ । यसमध्ये टाटाको लगभग ७७ प्रतिशत नयाँ लगानी भारतमा हुनेछ । यी भारत र भारतका कम्पनी दुवैका लागि ठूलो र रूपान्तरणकारी बदलाव हुन् ।
यो पैसा टाटाले थुप्रै कुरामा लगानी गर्दै छ । उसको लगानीको एउटा क्षेत्र ऊर्जा हो ः टाटाको ऊर्जा कम्पनीले आगामी पाँच वर्षमा नवीकरणीय ऊर्जामा करिब १० अर्ब डलर लगानी गर्नेछ । आफ्नै र अरू उत्पादकका लागिसमेत सवारी उत्पादन गर्ने गरी टाटाले भारत र युरोपमा गिगाफ्याक्ट्री निर्माणका लागि पाँच अर्ब डलरको परियोजना अघि बढाइरहेको छ । टाटाले भारतमा विद्युतीय सवारीका दशवटा मोडेल सुरु गर्दै छ (भर्खरै गुजरातमा फोर्डको प्लान्ट किनेको छ) । टाटाले सोलार प्यानलको म्यानुफ्याक्चरिङमा ठूलै लगानी गर्दै छ, जुन व्यवसाय आज
चीनको प्रभुत्वमा छ ।
भारतको व्यापारिक परिदृश्य अमेरिकाको जत्तिको केन्द्रीकृत भने छैन । भारतका चारवटा ठूला समूहको सञ्चालन नाफा जिडिपीको १.१ प्रतिशत छ भने अमेरिकाको १.२ प्रतिशत छ । पुराना सुदखोर कम्पनीका विपरीत भारतका ठूला फर्मले पुनः लगानी गरिरहेका छन् ।
अर्को लगानी प्रविधि र इलेक्ट्रोनिक्समा गर्दै छ । टाटाले तमिलनाडुमा इलेक्ट्रोनिक्स (विद्युतीय सामग्री) म्यानुफ्याक्चरिङका लागि एक अर्ब डलर लगानी गरिसकेको छ, अरू लगानी थप्दै छ । टाटा ५जी टेलिकम उपकरण बनाउन र चीनको हार्डवेयर–उत्पादक हुवावेलाई चुनौती दिन चाहन्छ । टाटा सेमिकन्डक्टर परीक्षण र प्याकेजिङ (चिप निर्माणको अन्तिम र कम जटिल चरण)मा प्रवेश गरिसकेको छ । चन्द्रसेकरन विदेशी कम्पनीसँगको साझेदारीमा भारतमा पहिलो पूर्णस्तरको सेमिकन्डक्टर ‘फ्याब’ बनाउने प्रयासमा छन् । यस्तो कारखाना बनाउन पाँच अर्ब डलरभन्दा बढी लाग्न सक्छ, तर पनि ताइवानी कम्पनी टिएसएमसीको जस्तो उन्नत चिपहरू बनाउन सक्दैन । तर, यो भारतका लागि एक छलाङ र टाटा समूहका लागि सबभन्दा ठूलो चुनौती हुने चन्द्रसेकरन स्विकार्छन् । यसमा प्रतिस्पर्धी अरू पनि छन्– भारतीय कम्पनी वेदान्त र ताइवानी कम्पनी फक्सकनले गुजरातमा सेमिकन्डक्टर प्लान्ट बनाउन १९ अर्ब ५० करोड डलर लगानी गर्ने भनिसकेका छन् ।
टाटा तेस्रो ‘बाजी’ भारतीय उपभोक्तामा लगाउँदै छ । उसले ग्राहकलाई कम्पनीको खुद्रा, होटेल, स्वास्थ्य सेवा, यातायात, वित्तीय सेवा र कारलगायत आफ्ना उत्पादनमा जोड्दै ‘सुपर एप’ बन्न लागिपरेको डिजिटल प्लाटफर्म एवं एप ‘न्यू’मा दुई अर्ब डलर लगानी गरिसकेको छ । अप्रिलमा लन्च भएयता यो एपले एक करोड ७० लाख प्रयोगकर्ता जम्मा गरिसकेको छ ।
टाटाको सबभन्दा जोखिमपूर्ण लगानी भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया खरिद हो, जुन सदाबहार घाटामा छ । टाटाले विशाल उड्डयन बजारमा आफ्नै अन्तर्राष्ट्रिय बजार भएको कम्पनीलाई (ऋण दायित्व वहन नगर्नुपर्ने गरी) ३५ करोड डलरमा खरिद गरिसकेको छ । यसलाई टाटा सन्स र सिंगापुर एयरलाइन्सको संयुक्त भेन्चर भिस्टारासँग मर्ज पनि गर्न सक्छ । इमिरेट्स वा लुफ्थान्साजस्ता शक्तिशाली राष्ट्रिय एयरलाइन्स बनाउने टाटाको लक्ष्य छ । टाटाले चाँडै ३०० नयाँ विमान किन्न सक्ने समाचार आएका छन् ।
भौगोलिक एकाग्रता र क्षेत्रीय विविधीकरणलाई रोजेर टाटा एउटा समूहको रूपमा दोब्बर ठूलो हुँदै छ । भारतमा र धेरैजसो उदीयमान अर्थतन्त्रहरूमा व्यावसायिक समूहका आफ्ना फाइदा छन्– ब्रान्डको उपस्थिति, नियामकसँग उठबस आदि । तर, तिनले जटिलता पनि निम्त्याउछन्– मूल कम्पनी टाटा सन्सअन्तर्गत ३० वटा ठूला व्यवसाय दुई सय ८६ सहायक कम्पनी छन् । चन्द्रसेकरन आफैँ सात सूचीकृत फर्मको बोर्डमा छन् ।
टाटाको सबभन्दा जोखिमपूर्ण लगानी भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया खरिद हो, जुन सदाबहार घाटामा छ । टाटाले विशाल उड्डयन बजारमा आफ्नै अन्तर्राष्ट्रिय बजार भएको कम्पनीलाई (ऋण दायित्व वहन नगर्नुपर्ने गरी) ३५ करोड डलरमा खरिद गरिसकेको छ । यसलाई टाटा सन्स र सिंगापुर एयरलाइन्सको संयुक्त भेन्चर भिस्टारासँग मर्ज पनि गर्न सक्छ । इमिरेट्स वा लुफ्थान्साजस्ता शक्तिशाली राष्ट्रिय एयरलाइन्स बनाउने टाटाको लक्ष्य छ । टाटाले चाँडै ३०० नयाँ विमान किन्न सक्ने समाचार आएका छन् ।
भौगोलिक एकाग्रता र क्षेत्रीय विविधीकरणलाई रोजेर टाटा एउटा समूहको रूपमा दोब्बर ठूलो हुँदै छ । भारतमा र धेरैजसो उदीयमान अर्थतन्त्रहरूमा व्यावसायिक समूहका आफ्ना फाइदा छन्– ब्रान्डको उपस्थिति, नियामकसँग उठबस आदि । तर, तिनले जटिलता पनि निम्त्याउछन्– मूल कम्पनी टाटा सन्सअन्तर्गत ३० वटा ठूला व्यवसाय दुई सय ८६ सहायक कम्पनी छन् । चन्द्रसेकरन आफैँ सात सूचीकृत फर्मको बोर्डमा छन् ।
टाटा ठूलो भए पनि व्यक्तिगत उद्योगमा हेर्ने हो भने यसका कम्पनी पुँजीका हिसाबले विश्वव्यापीस्तरका छैनन । इलेक्ट्रोनिक्समा टाटाको एक अर्ब लगानी भनेको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी फक्सकनको पुँजीको आठ प्रतिशतबराबर हो । उसले विश्वस्तरका कम्पनीसँग प्रतिस्पर्धा गर्न थप धेरै लगानी गर्नुपर्नेछ । ब्याट्रीमा पाँच अर्ब डलरको लगानी अग्रणी चिनियाँ फर्म क्याटलको ४० प्रतिशत मात्र हो । भारतमा रिलायन्सका दुई मुख्य विशेषज्ञ कम्पनी ५जी (जियो) र पेट्रोकेमिकल्स तथा रिफाइनिङ प्रत्येकमा टाटाका ठूला कम्पनीहरूको दोब्बर पुँजी लगानी छ । धेरै कम्पनीमा छरिँदा सफलतामा कठिनाइ आउन सक्छ । भारतले विश्वव्यापी प्रतिस्पर्धात्मक ‘फेब’ निर्माण गर्न सक्छ भन्नेमै पनि ठूला चिपमेकरहरू आशंका गर्छन् ।
टाटाको स्वामित्व अर्को जोखिम हो । यसका तीन तह छन् । शीर्ष स्थानमा स्वशासित परोपकारी ट्रस्टहरू छन्, जसको टाटा सन्समा ६६ प्रतिशत स्वामित्व छ । तिनको अध्यक्षता अन्य ट्रस्टीसँगै टाटाले गर्छन् । उनीहरू सबै धनी छन्, जसको कुल सम्पत्ति एक खर्ब डलरजति छ । यो गेट्स फाउन्डेसनको भन्दा बढी हो । तर, उनीहरूले यो समूहको सञ्चालन नाफाबाट एक प्रतिशतभन्दा कम डिभिडेन्ट प्राप्त गर्छन् । मध्यम तहमा टाटा सन्स छ, जसलाई चन्द्रसेकरनले चलाउँछन् । तेस्रो तहको सञ्चालनमा कम्पनीको हिस्सेदारी मात्रै हुन्छ ।
टाटाको अन्तिम जोखिम सरकार हो । अडानी र अम्बानीतर्फ संकेत गर्दै क्रोनी क्यापिटालिजमको अध्यक्षता प्रधानमन्त्रीले गरिरहेको आरोप आलोचकहरूले लगाउने गर्छन् । केही व्यवसायीको पकड माथि नै छ । भारतको व्यापारिक परिदृश्य अमेरिकाको जत्तिको केन्द्रीकृत भने छैन । भारतका चारवटा ठूला समूहको सञ्चालन नाफा जिडिपीको १.१ प्रतिशत छ भने अमेरिकाको १.२ प्रतिशत छ । पुराना सुदखोर कम्पनीहरूका विपरीत भारतका ठूला फर्मले पुनः लगानी गरिरहेका छन् । मुठीभर ठूला कम्पनीले स्वदेशमा विविधीकरण गर्दा उनीहरूले बिस्तारै अरूलाई विस्थापित गर्न सक्छन्, जुन नविकरणीय ऊर्जामा देखिसकेको छ । जब टाटाका नयाँ बाजी फेल खान्छन् (केही बाजी पक्कै फेल हुनेछन्), के उनीहरू बाहिर निस्कन सक्छन् ? सन् २००० को दशकमा भारतमा लगानी गर्न टाटा हिचकिचाउनुका केही कारण अझै विद्यमान छन् । स्वदेशमा दसौँ अर्ब डलर परिचालन जोखिमयुक्त खेल हो । यदि यसले काम गर्यो भने टाटा र लगानी गर्न थालेका केही अन्य कम्पनीले भारतलाई अन्ततः औद्योगिकीकरण र डिजिटलीकरणमा लैजानेछन् । भारतलाई नवप्रवर्तन र म्यानुफ्याक्चरिङको मुहानमा परिणत गर्न सक्छन् । भारत कहाँ जान्छ हेर्न टाटालाई पछ्याए पुग्नेछ । नयाँपत्रीका


