१७ श्रावण २०८३, आईतवार

नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि

एसीपी संवाददाता

१७ श्रावण २०८३, आईतवार २२:४४ मा प्रकाशित

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तरको उतारचढाव तथा इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा रु. ३.००, डिजेल तथा मट्टितेलमा रु. ५.०० र आन्तरिकतर्फको हवाई इन्धनमा रु. २०.०० ले वृद्धि गरिएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको छ भने पोखरा र भैरहवाको लागि Breakeven Point मा बिक्री मूल्य कायम गरिएको छ। एल.पि. ग्यासको मूल्य भने यथावत् राखिएको छ।

मूल्य समायोजन पश्चात् पनि निगमलाई पाक्षिक रूपमा करिब रु. १ अर्ब ४९ करोड घाटा हुने देखिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको विषम परिस्थितिप्रति सचेत गराउँदै निगमले सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूलाई सहयोगको आह्वान गर्नुका साथै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन समेत अनुरोध गरेको छ।

नयाँ मूल्य आजै (मिति २०८३ श्रावण १८ गते) रति ००:०१ बजेदेखि लागू हुने छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x