७ आश्विन २०८३, बुधबार

सन्दीप लामिछानेको प्रकरणले लियो नयाँ मोड, जाहेरीकर्ताकै दुईवटा जन्मदर्ता

एसीपी संवाददाता

२५ आश्विन २०७९, मंगलवार ०७:१२ मा प्रकाशित

काठमाडौँ। निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएको छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेको घटना प्रकरणले नयाँ मोड लिएको छ । साथै समाजिक सञ्जालमा समेत तरंग फैलिएको छ ।

लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएको छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको समेत दाबी गरे ।

उनले भने,’दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएको छ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना बढेको उनले बताए ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन्।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x