१८ श्रावण २०८३, सोमबार

खस्कँदो चिनियाँ अर्थतन्त्रका मूल कारण

एसीपी संवाददाता

२५ आश्विन २०७९, मंगलवार ०८:३८ मा प्रकाशित

पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको चीनको अर्थतन्त्र अझै बिग्रन सक्ने चेतावनी दिइसकेका छन्।

पश्चिमा देशहरूमा जस्तो चीनमा मुद्रास्फीतिको समस्या छैन तर धेरै समस्या छन्, ती समस्या बढ्दै गएर संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको संरचना नै भत्किन सक्नेछ। चीनको कारखानामा उत्पादन भएका बस्तुको माग अन्तर्राष्ट्रिय र घरेलु बजारमा प्रत्येक दिन घटिरहेको छ। अमेरिका लगायत धेरैसँग व्यापारिक सम्बन्ध पनि बिग्रिएको छ। यो बिग्रने क्रम संसारका अन्य धेरै देशसँग पनि बढ्दो छ।
अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा युआनको मूल्य यस वर्ष घटिरहेको छ। पैसाको मूल्य घटेकै कारण लगानीकर्ताहरू त्यहाँबाट भागी रहेका छन्। अर्थतन्त्रमा पैसाको मात्रा बढाउन अथवा लगानी मैत्री वातावरण बनाउनका लागि केन्द्रीय बैंक असमर्थ छ।

१६ अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को अधिवेशन हुँदैछ। त्यसै अधिवेशनबाट सी जीङ पिङ तेस्रो कार्यकालमा लागि नेतृत्वको तयारी गरी रहेका छन्। तेस्रो कार्यकाल जिम्मेवारी पाउने या नपाउने भन्ने अनिश्चित नै छ।

जिरो कोभिडको नीति लिएको चीनको अवस्था यसै कोरोना कहरमा बिग्रँदो छ। उत्पादनमुखी सेन्जेन र तीयानजीयना लगायत सहरमा आर्थिक गतिविधि कोभिडकै कारण प्रभावित भएको छ।

खाद्य तथा पेय पदार्थ, खुद्रा सामान खरिद तथा पर्यटनका मानिसहरूले पर्याप्त खर्च गर्न डराउन थालेका छन्। यसले मुख्य सेवाका क्षेत्रमा दबाब सृजना गरेको छ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार सेप्टेम्बर महिनामा उत्पादनमुखी बजारको अवस्था पछाडि फर्किएको छ। यसको कारण भौतिक संरचनामा सरकारको बढ्दो खर्च नै हो।

सेप्टेम्बर महिनाको एक सर्भे अनुसार त्यहाँको माग एकै पटक घटेको देखियो। त्यसो त रुस-युक्रेन युद्ध लगायतका कारणले संसारका अन्य बजारमा पनि माग घटेको छ। तर चीनको बजारमा भने अस्वाभाविक रूपले यसको माग घटेको हो।

विज्ञहरूले बेइजिङले जिरो कोभिड नीति नत्यागेसम्म त्यो समस्या घट्नुको साटो बढ्दै जाने बताएका छन्। एस एन्ड पी ग्लोबल रेटिङका एसिया अर्थशास्त्रका प्रमुख लुइस कुइजीयासका अनुसार मानिसले प्रशस्त खर्च गर्ने अवस्था अहिले बनेको छैन। यस कारण ठूलो बजारमा लगानी गरे पनि त्यो फलदायी हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

१ अगस्टमा बेइजिङले भौतिक संरचना निर्माण साना व्यवसाय र रियल स्टेटका लागि १ ट्रिलियन खर्च गर्ने घोषणा गरेको छ। लक्ष्यमा बढवा दिनका लागि रोजगारीका असर सृजना गर्न अधिकारीले धेरै गर्न सक्ने ठाउँहरू रहेको विज्ञहरूको मत छ।

भौतिक संरचनामा लगानी बढाउँदै जाने, खर खरिदकर्ताहरूको लागि सहज खरिदको वातावरण बनाउने तथा प्रोपर्टी डेभ्लपर र सरकारी निकायका लागि पनि सहज वातावरण बनाउन आवश्यक

भौतिक संरचनामा लगानी बढाउँदै जाने, खर खरिदकर्ताहरूको लागि सहज खरिदको वातावरण बनाउने तथा प्रोपर्टी डेभ्लपर र सरकारी निकायका लागि पनि सहज वातावरण बनाउन आवश्यक भएको हो ।

घर खरिद गर्नेहरूले नसकिएको घरको पहिले नै पर्याप्त पैसा तिर्न मानिरहेका छैनन्। उनीहरूलाई घर पूर्ण हुने कुरामा नै शङ्का लाग्न थालेको छ। नयाँ घरको माग नै अहिले घटेको छ। यस कारण घर निर्माणमा प्रयोग हुने अन्य सामग्रीको व्यवसायमा पनि ठूलो धक्का लागि सकेको छ।

रियल स्टेट कारोबारलाई ब्युँताउने प्रयासका बाबजुद धेरै सहरमा घरहरूको मूल्यमा २० प्रतिसतले गिरावट आइसकेको छ। विज्ञहरू अझै पनि रियल स्टेट कारोबारमा गुमेको विश्वास फिर्ता गर्न सरकारले सहयोग नगरे यसले ठुलो समस्या निम्त्याउने सम्भावना व्यक्त गर्छन्।

जलवायु परिवर्तन संसारकै समस्या हो। यसले मानिसको नियमित जीवनयापनको शैलीमा त असर गरेको छ नै। साथमा स्वास्थ्य र व्यवसायमा पनि त्यत्तिकै असर छ। यो असर उद्योगमा पनि छ।

अगस्ट महिना चीनका लागि खराब महिना थियो। केन्द्रीय बेल्ट चोङक्वीङको मुख्य सहर तथा दक्षिण पश्चिम प्रान्त सिचुवान तातो हावा र त्यस पछिको खडेरीका कारण प्रभावित भएको थियो। यसले एयर कन्डिसनसँगको मागमा नै प्रभाव पारेको थियो। यसले त्यस क्षेत्रमा हाइड्रोपावरमा निर्भर विद्युतीय ग्रिडलाई नै अभिभूत गरेको थियो।

यस महत्त्वपूर्ण समयमा धेरै कारखानाहरूले काम गर्ने तालिकामा हेरफेर गरेका थिए। कम समयमा कम काम भएका थिए भने उत्पादनमा पनि स्वाभाविक रूपमा कमी आएको थियो। यसरी कम समय काम भएका प्रमुख कम्पनीमा आइफोन निर्माता फक्सनन र टेस्ला पनि थिए।

अगस्ट महिनामा चिनियाँ तथ्यांक विभागले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार २०२२ को पहिलो सात महिनामा आइरन स्टिल उत्पादनको नाफामा ८० प्रतिसतले गिरावट आएको छ। त्यस समयमा उद्धार स्वरूप सरकारले ऊर्जा कम्पनी तथा किसानहरूलाई दशौँ बिलियन डलर सहयोग गरेको थियो।

दुई वर्षदेखि चिनियाँ प्राविधिक क्षेत्र ओरालो गतिमा लागेको छ। यसमा कसैको पनि सहयोग छैन। टेन्सेन्टले पछि त्रैमासिकको रेभेन्युमा आएको गिरावटबारे सार्वजनिक गरेका छन्। टेन्सेन्टको नाफा ५० प्रतिसतले घटेको छ भने अलीबाबाको कुल आम्दानी आधाले घटेको छ।

लाखौँ युवा कामदारले पछिल्लो समय रोजगारी गुमाएका छन्। १६ देखि २४ वर्ष बीचका ५ मध्येका एक युवामा बेरोजगारी समस्या छ। धेरै ठुलो कम्पनीको चासो अहिले देशका अन्य ठुला सहरबाट हटेको छ । उनीहरू बेइजिङमा आफूलाई केन्द्रीकृत गर्न थालेका छन्। राज्य नियन्त्रित कम्पनीलाई लाभ दिन थालिए पछि विदेशी लगानीमा थप समस्या उब्जिएको छ।

जापानको सफ्ट बैङ्कले अलीबाबामा रहेको आफ्नो ठूलो लगानीलाई फिर्ता गरेको छ। वारेन बफेटको बर्कसायर हाथवेले विद्युतीय सवारी साधनको निर्माता बीवाईडीमा आफ्नो लगानीको धेरै हिस्सा घटाएको छ। वर्षको उत्तरार्द्धमा मात्र टेन्सेन्टबाट ७ बिलियन डलर भन्दा धेरै लगानी झिकिएका छन्।

अमेरिकी बजारमा चिनियाँ सामान र चीनको स्टक मार्केटको भाउ जबरजस्ती किसिमले घटेको छ। एस एन्ड पी ग्लोबल रेटिङले जनाए अनुसार केही लगानीकर्ताले ठोस् निर्णय गर्न सकेका छैनन्। केही वैदेशिक लगानी कम्पनीहरूले अन्य देशमा चासो दिन थालेका छन्।

बेइजिङका हरेक बजार उसका लागि अनुकूल हुने गरी फेरि तयार हुन लामो समय लाग्ने कुरामा विज्ञहरूले मत व्यक्त गर्न थालेका छन्। यसैबीच राष्ट्रपति सीका निर्णयले शक्तिमा उदाउँदै गरेको चीन फेरि ओरालो गतिमा जाने सम्भावना प्रबल बनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x