१९ आश्विन २०८३, सोमबार

मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्

एसीपी संवाददाता

२५ आश्विन २०७९, मंगलवार १७:१२ मा प्रकाशित

अनुसन्धानकै क्रममा रहेका बलात्कार आरोपी सन्दीप लामिछाने र उनका वकिलेको दावी प्रति मानव अधिकार आयोगकी पूर्व आयुक्त तथा कानुन ब्यवसायी मोहना अन्सारीले आपत्ति जनाएकी छिन्।

आज न्यायाधीशले घटनाबारे सोधेको प्रश्नमा सन्दिपले बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गर्दै जाहेरवालाकै आग्रहमा उनलाई भेटेको बताएका थिए। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पनि ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको’ बताएका थिए।

अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ’ भनेकी छिन्।

सोही विषयमा अन्सारीले सामाजिक सञ्चालमै प्रतिक्रिया दिएकी छिन्। उनले ट्वीटरमा लेखेकी छिन्–‘विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दै छन्, ब्याटरी मा घाम कहिले लाग्ने होला?’

उनलाई रमेश नामका ट्वीटर प्रयोगकर्ताले सचेत गराएका छन्। ‘अनुसन्धानकर्ताले हो कि अरु कसैले गरेको खोजी ?’ भन्दै उनले लेखेका छन्–‘हाम्रोमा नावालिग र बलात्कारको केसमा हचुवा टिप्पणी गर्नेलाई पनि सजाय हुने कानुन छैन नत्र धेरै जना सचेत भइसकेका हुन्थे होला।’

तारा (नेपाली) नामका प्रयोगकर्ताले ‘छानबिनको बिषयमा नबोलि हल्दिनोस है वकिल साहेब।’ भन्दै सुझाव दिएका छन् भन अखंड (२अरुणकेएनडिएल) ले ‘मदर्शा भित्र हुने हर्कतहरु कहिले बाहिर ल्याउलान दिदीहरुले’ भन्दै उनलाई नै ब्यंग्य गरेका छन्। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x