एमाले महासचिवले नै भने – संविधानको औचित्य छैन, सहमतिको दस्तावेज हो
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानको औचित्य नभएको बताएका छन्। उनले संविधान सहमतिको दस्तावेज भएकोले यसमा त्यति धेरै गम्भीर हुन आवश्यक नभएको बताए।
असोजमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सातौँ वर्षमा पूरा भइसकेको समयमा नेपालले कयौं पटक संविधान उल्लंघन गरेको छ। यसैबेला देशको संघीय गणतान्त्रिक नेपालको निर्वाचित संसद्को पहिलो कार्यकाल पूरा भइरहेको सन्दर्भमा एमाले महासचिवले नै संविधानको औचित्य नहुनु गम्भीर विषय हो।
चौतर्फी चरम अस्तव्यस्तताबीच संविधान घोषणाका भएको र राष्ट्रपतिले यसलाई संरक्षण गर्नुपर्ने विषय भएकोले कहिलेकाहीँ राष्ट्रपतिले संविधानमा नलेखिएको कुरामा पनि काम गर्न सकिने एमाले महासचिव पोखरेलले बताएका छन्।
हिमालय टेलिभिनजनको यक्ष प्रश्नमा महासचिव पोखरेलले भने, ‘राष्ट्रपतिलाई संविधानलाई नै संरक्षक भनेको हुँदा यसलाई संरक्षण गर्न र लोकतन्त्र जोगाउन कहिलेकाहीँ यसमा नलेखिएको कुरामा पनि काम गर्न सक्नुहुन्छ।’
उनले यसअघि असंवैधानिक तरिकाले ओलीले गरेको संसद् विघटनलाई पनि एमाले महासचिवले प्रशंसा गरेका छन्। उनले भने, ‘संसद् विघटन पनि संविधानसम्मत नै रहेको छ। उनले संविधान सहमतिको दस्तावेज भएको उल्लेख गर्दै यसलाई पालना गर्ने क्रममा गल्ती हुनसक्नेसमेत बताएका छन्।
यसअघि संविधानले नै स्थानीय सरकारलाई स्वायत्त निकाय भने पनि एमाले अध्यक्ष ओलीले भने स्थानीय निकायलाई केन्द्र सरकार मातहत रहेको टिप्पणी गरेका थिए भने प्रदेश सरकारको औचित्य नभएको भन्दै एमालेले प्रचार पनि गरिरहेको छ।
ओलीले संविधानलाई सत्ता स्वार्थको परिणाम सिकार बनाउँदै पनि संविधान उल्लंघन गरेकोमा एमालेलाई ग्लानी नहुनु गम्भीर चिन्ताको विषय हो। अहिले राष्ट्रपतिले पनि एमालेको उक्साहटमा संविधानविपरीतका कामहरु गरिरहेकी छन्।


