१ आश्विन २०८३, बिहीबार

उर्वशीले हिजाबविरुद्ध काटिन कपाल

एसीपी संवाददाता

३१ आश्विन २०७९, सोमबार १७:५२ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेलाले इरानमा चलिरहेको हिजाब आन्दोलनको समर्थनमा कपाल काटेकी छिन्।

उनले आन्दोलनका क्रममा महिला हत्याको पनि विरोध गरेकी छिन् । उर्वशीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गदै यसबारे जानकारी दिएकी हुन् । उनले सार्वजनिक गरेको तस्वीरमा उर्वशी भुइँमा बसेकी देखिन्छिन् र एकजना मानिसले उनको कपाल काटिरहेका छन् ।

उर्वशीले तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म कपाल काट्दैछु । इरानी मोरल पुलिसले गिरफ्तार गरेपछि इरानी महिला महसा अमिनीको मृत्यु भएको हो । यसको विरोधमा भएको प्रदर्शनमा धेरै इरानी महिला र केटीहरूले ज्यान गुमाएका छन्। यसैक्रममा उत्तराखण्डकी १९ वर्षीया अंकिता भण्डारीले पनि ज्यान गुमाएकी छिन्, यी महिलाहरूको समर्थनमा मैले कपाल काटिरहेको छु ।’

उर्वशीले मात्र नभएर विश्वभरका महिलाले कपाल काटेर इरान सरकारको विरोध गरिरहेका छन् । यसका साथै उर्वशीले के लगाउने, कस्तो व्यवहार गर्ने र कसरी बाँच्ने भन्ने निर्णय महिलाले अरूलाई गर्न नदिने पनि बताएकी छिन् ।

वास्तवमा इरानको मोरालिटी प्रहरीले महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै पक्राउ गरेको थियो, त्यसपछि प्रहरीको कुटाइबाट उनको मृत्यु भयो। महसाको मृत्युपछि इरानभर विरोध प्रदर्शन हुन थालेको हो । स्वास्थ्य बिग्रिएका कारण मेहसाको मृत्यु भएको प्रहरीले जनाए पनि जनताले महेसाको मृत्यु स्वास्थ्य बिग्रिएर नभई प्रहरीको कुटाइबाट भएको बताएको छन् । इरानमा मोरालिटी प्रहरीको काम गलत पोशाकको नियमलाई कडाइका साथ लागू गर्नु हो ।

उर्वशीसँगै अन्य बलिउड र हलिउडका कलाारहरूले पनि इरान सरकारविरुद्ध हिजाबको बिरोध गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x