१९ श्रावण २०८३, मंगलवार

बीआरआईको ऋण बढ्दै गएपछि चीनलाई भुक्तानी उठाउन सकस

एसीपी संवाददाता

३ कार्तिक २०७९, बिहीबार ०८:५८ मा प्रकाशित

डालियान। चीनको प्रमुख बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समस्यामा परेको छ। उदीयमान अर्थतन्त्र भएका मुलुकहरूलाई बीआरआई अन्तर्गत ऋण लगानी गरेको चीनले उक्त मुलुकहरूबाट आफ्नो योजना अनुसार ऋण असुल गर्न नपाउँदा चिनियाँ अर्थतन्त्र नै सङ्कटमा परेको हो।

रुस-युक्रेन द्वन्द्वपछिको कोभिड महामारीले उदीयमान अर्थतन्त्रहरूलाई नराम्रो असर पारेको छ। देशहरूले ऋण दायित्वहरू पूरा गर्न सङ्घर्ष गरिरहेको बेला चीनले अझ बढी ऋण समस्या सामना गर्ने सम्भावना रहेको निक्की एसियाले रिपोर्ट गरेको छ।

चीनले सन् २०२१ मा ब्याज भुक्तानी माफी र अन्य ऋण सर्तहरूको १९ घटनाहरू रिपोर्ट गरेको छ। अमेरिकी थिंक ट्याङ्क रोडियम समूहको अनुमान अनुसार चिनियाँ ऋणमा अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि भएको छ।

यी पुनः वार्ताहरूले सन् २०२०-२०२१ को लागि कुल ५२ बिलियन अमेरिकी डलर कभर गरेका छन्। किनभने उदीयमान अर्थतन्त्रहरू कोभिड महामारीले नराम्ररी प्रभावित भएको जनाइएको छ। पुनः वार्ताको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो दुई वर्षको अवधिको लागि १६ बिलियन भन्दा तीन गुणा बढी हो।

अप्रिलमा अनुसन्धानकर्ताहरूको समूहले जारी गरेको प्रतिवेदन अनुसार सन् २०१० मा मात्रै ५ प्रतिशतको तुलनामा चीनको विदेशी ऋणको झण्डै ६० प्रतिशत ऋण सङ्कटमा परेका देशहरूमा रहेको छ। यस रिपोर्टमा विश्व बैङ्कका अर्थशास्त्री सेबास्टियन हर्नको अनुमान समावेश छ।

चिनियाँ विदेश मन्त्री वाङ यीले अगस्टमा अफ्रिकी देशहरूलाई बेइजिङले सन् २०२१ को अन्त्यसम्ममा तिर्न बाँकी २३ वटा ब्याजरहित ऋणको मूल चुक्ता माफ गर्ने बताएका थिए। जापानी दैनिकका अनुसार बेइजिङले आफ्नो बृहत् ऋण कार्यक्रमलाई हल्का रूपमा लिइरहेको छ।

न्यून-मध्यम आय भएका राष्ट्रहरूलाई चीनको नयाँ ऋण सन् २०२० मा १३.९ बिलियन अमेरिकी डलर मात्रै आयो, सन् २०१८ को कीर्तिमानी उच्चको तुलनामा ५८ प्रतिशतले घटेको निक्कीले विश्व बैङ्कको तथ्याङ्कलाई उद्धृत गर्दै जनाएको छ।

मित्सुई एण्ड कम्पनी ग्लोबल स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका युसुके सुजुकीले भने, ‘सुस्त गतिमा रहेको अर्थतन्त्रले चीनले आफ्नो आर्थिक फोकस घरेलु मागमा सारेको छ। युसुकेका अनुसार आगामी दिनमा ऋणमा उल्लेख्य वृद्धि हुने सम्भावना छैन।’

जूनको आफ्नो बयानमा जी-७ नेताहरूले पनि धेरै देशहरूलाई बढ्दो ऋणको मुद्दामा चीनलाई आह्वान गरेका छन्। तिनीहरूले बेइजिङलाई कम आय भएका देशहरूलाई ऋण राहत उपलब्ध गराउन आग्रह गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x