२ आश्विन २०८३, शुक्रबार

वागेश्वरी मन्दिरमा ११ हजार दीप प्रज्वलन गरि द्वितिय दीपोत्सव सम्पन्न

एसीपी संवाददाता

७ कार्तिक २०७९, सोमबार १२:२० मा प्रकाशित

रिसभ सिंह वाडिया –  नेपालगन्ज स्थित रहेको विभिन्न शक्ति पिठ मन्दिर मध्य पर्ने वागेश्वरी मन्दिरमा ११ हजार दीप प्रज्वलन गरि द्वितिय दीपोत्सव सम्पन्न भएको छ ।
कार्तिक ५ गते, शनिबारका दिन बागेश्वरी मन्दिरमा एघरा हजार दीप प्रज्वलन गरि द्वितिय दीपोत्सव मनाईएको आयोजकले जनाएको छ । 

माता बागेश्वरी मन्दिर विभिन्न स्थान बाट स्वयंसेवक कार्यकर्ताहरुको सहभागीतामा नेपालगन्जमा द्वितिय ११ हजार दीप प्रज्वलन गरी दीपोत्सव भव्य रूपमा सफल भएको हो । गत बर्ष शुरु भएको उक्त दिपोत्सब हरेक मनाउने तयारी गर्दै आएको आयोजकले जनाएको हो । 

बागेश्वरी मन्दिर परिसरमा अघिल्लो वर्षको कार्यलाई निरन्तरता दिँदै शनिबार एकैपटक ११ हजार दीप प्रज्वलन सम्पन्न गरेको हो । गतवर्ष ११ हजार एक सय ११ दीप प्रज्वलन गरिएको थियो ।

जय सियाराम युवा क्लबको आयोजनामा दीपोत्सव कार्यक्रम भब्य रुपमा मनाइएको क्लबका अध्यक्ष सुशिल साहूले जानकारी दिनुभयो । बागेश्वरी मन्दिरमा भक्त भिड समेत लागेको थियो । जनमानसमा धर्म र आस्था उजागर होस भनी कामनाकासाथ दिपोत्सव सम्पन्न भएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x