अक्षय कुमारको बहुप्रतिक्षित फिल्म राम सेतुलाई लिएर मिश्रित प्रतिक्रिया
हिन्दी सिनेमाका बलियो कलाकार अक्षय कुमारको बहुप्रतिक्षित फिल्म राम सेतुले हलमा दस्तक दिएको छ । दर्शकहरुले यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका थिए ।सबैको नजर दीपावलीको अवसरमा रिलिज भएको राम सेतुको बक्स अफिस कलेक्शनमा छ । यस्तो अवस्थामा राम सेतुको ओपनिङ डे बक्स अफिस कलेक्शनको बारेमा जानकारी अनुसार १५ करोड भारु कमाएको छ ।
राम सेतुले ओपनिङ डेमा धेरै कमायो
यस वर्षको चौथो फिल्म दिने सुपरस्टार अक्षय कुमारले राम सेतुबाट धेरै अपेक्षा गरेका छन् । इन्डियाको रिपोर्टलाई विश्वास गर्ने हो भने, राम सेतुले रिलिजको पहिलो दिनमा राम्रो कमाई गरेको छ । समाचारका अनुसार अक्षयको राम सेतुले ओपनिङ डेमा बक्स अफिसमा १५ करोडभन्दा बढीको कमाई गरेको छ । चाडपर्वमा रामसेतुको यो आम्दानी प्रशंसनीय छ । आगामी दिनमा रामसेतुको सङ्कलनमा धेरै वृद्धि हुनसक्छ । उता फिल्म राम सेतुको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । फ्यानहरुले यो फिल्मलाई अक्षयको उत्कृष्ट फिल्मको रुपमा लिएका छन् । योसँगै सबै फिल्म समीक्षकले पनि राम सेतुलाई लिएर मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।


