४ असार २०८३, बिहीबार

चुनाव भाँड्ने षड्यन्त्र गर्दै एमाले, आयोग र अख्तियार परिचालन

एसीपी संवाददाता

९ कार्तिक २०७९, बुधबार १८:५६ मा प्रकाशित

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भाँड्नका लागि नेकपा एमाले लागिरहेको छ। एमालेले मंसिर ४ गतेको निर्वाचनमा हार व्यहोर्ने निश्च‍ति भएपछि जसरी पनि चुनाव हुन नदिने वातावरण सिर्जना गर्न तल्लीन गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्‍वासपात्रहरुलाई निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश कुमार थपलिया र अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रयोग गर्दै चुनाव भाँड्ने योजनाहरु बनाइरहेका छन्।

निर्वाचन गराउने जिम्मेवारी पाएको निकायलाई नै निर्वाचन भाँड्ने काममा ओलीले प्रयोग गरिरहेका छन्। यसअघि ओलीको निर्देशनमा निर्वाचन आयोगलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न निर्देशन दिँदै प्रहरीलाई पत्र पठाएको थियो।

स्पष्टिकरणको पनि मौका नदिएर यसरी प्रहरीलाई नै पत्र काट्‍नु निर्वाचन आयोग ओलीको चंगुलमा परेको भन्दै आलोचना भइरहेको छ। अर्कोतर्फ प्रमुख निर्वाचन आयुक्त थपलियाले पनि भूकम्प आउने भन्दै ओलीकै शैलीमा धम्की दिँदै हिँडेका छन्।

उनले आचारसंहिता कार्यान्वयन र पालनाका सन्दर्भमा निर्वाचन आयोगबाट अब हुन लागेको निर्णयले भूकम्प ल्याउने बताएका हुन्। यसअघि ओलीकै निर्देशनमा अख्तियारले केही उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्न पत्र पठाएको थियो।

निर्वाचन आयोग र अख्तियारलाई प्रयोग गर्दै ओलीले चुनाव भाँड्न यस्ता षड्यन्त्रहरु गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि चुनाव गराउने कुरामा दृढ रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x