अनुपम खेरले भने- जसले भारतमाथि २०० वर्ष शासन गर्यो आज त्यही देशको प्रधानमन्त्री भारतीय
काठमाडौं । ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेकोमा अभिनेता अनुपम खेरले खुशी व्यक्त गरेका छन् । अनुपमले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा ऋषि सुनकको तस्बिरसहित क्याप्सन लेखेका छन्, ‘जुन देशले २ सय वर्षसम्म भारतीयमाथि शासन गरेको छ, आज त्यही देशको प्रधानमन्त्री एक भारतीय मूलको व्यक्ति बनेको छ ।’
ऋषि सुनक हालै बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा ऋषि सुनकका धेरै तस्बिर शेयर गर्दै अनुपम खेरले लेखेका छन्- “प्रश्न यो होइन कि ऋषि सुनक हिन्दु, मुस्लिम, सिख वा इसाई हुन्। हामीले ७५ औं स्वतन्त्रता दिवसमा गर्व गर्नुपर्दछ। एक वर्षमा भारतीय मूलका व्यक्ति एक देशको प्रधानमन्त्री बनेका छन् जसले हामीमाथि २०० वर्ष शासन गरेको छ। प्रत्येक भारतीयले यो उपलब्धि मनाउनु पर्छ। जय हिन्द।” एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण
हालै अमिताभ बच्चनले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ऋषि सुनक प्रधानमन्त्री बनेकोमा खुशी व्यक्त गरेका थिए । बेलायतको इतिहासमै कुनै अश्वेत व्यक्ति, विशेष गरी भारतीय मूलको बेलायतको प्रधानमन्त्रीको कुर्सीमा बसेको यो पहिलो पटक हो । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकलाई राजा चार्ल्सले हालै नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।


