बालकृष्ण खाणलाई रुपन्देही-३ मा अर्को ठूलो समर्थन, विपक्षीको होस उड्यो
काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई ठूलो समर्थन मिलेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खाणलाई एक दलको उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर नै समर्थन गरेका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिव अलीले पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री खाणलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेका हुन् ।
अलीको समर्थनसँगै रुपन्देही ३ मा खाण बलियो बन्दा विपक्षीहरु तनावमा परेका छन् । खाणले रुपन्देहीको समग्र विकासका लागि ६६ बुँदे घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
जसमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा र रोहिणी नदी कटानलाई व्यवस्थित गरिने, बेलवास–बेथरी सडकको स्तरोन्नति, बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर बनाउने, कालिगण्डकी–तिनाउ डाइभर्सन कार्यान्वयन, मर्चवारदेखि मुस्ताङ्गसम्म सडक निर्माण, बुटवल– भैरहवा– सुनौली राजमार्गमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णयहरु गर्नेलगायत प्रतिबद्धता छ ।


