२१ कार्तिक २०८३, शुक्रबार

हाइहाइ गगन दाई…’ बोलको गीत सार्वजनिक

एसीपी संवाददाता

१८ कार्तिक २०७९, शुक्रबार ०९:३४ मा प्रकाशित

काठमाडौं। आगामी ४ मंसिरको प्रतिनिधिसमा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ ।  ‘हाइहाइ गगन दाई…’ बोलको गीत सार्वजनिक भएको हो ।

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ । 

यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका कामहरू चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको ‘प्रोजेक्ट गभर्मेन्ट’को यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

गीतमा देशलाई नयाँ जीवन दिन सक्ने पात्रको रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा गगनलाई प्रधानमन्त्री बनाइनु पर्ने भाव व्यक्त छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विशम आचार्यले गरेका हुन् ।

विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्द अनुसारका फुटेज राखिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x