को हुन् ईरफान अहमद शेष ?
उमेरले ३६ वर्ष पुरा भएका ईरफान वि.सं. २०६३÷०६४ सालको मधेश आन्दोलनमा संघर्षमा होमिएका एक युवा हुन् । जब मधेश र मधेशी जनताको पक्षमा शुरु भएको आन्दोलन सकियो त्यसपछि उनको राजनीतिक यात्राले अर्कै मोड लिन पुग्यो । मेधेशी जनअधिकार फोरममा आवद्ध भएर राजनीतिको यात्रामा पाईला चालेका इरफानका लागि त्यो पार्टी नै मधेश र मधेशी जनताकालागि उचित लागेन ।
जनभावनाको विपरीत गएर केवल सत्ता आर्जनका लागि मधेशी जनतलाई मुर्ख बनाई रहेको अनुभूति भएको हुनाले उक्त पार्टीमा बसि रहन मनले अनुमति नदिएको उनले सुनाए । मधेशको मुहार फेर्नलाई एउटा सच्चा र इमान भएको मधेश प्रेमीको खोजीमा बसि रहेका इरफानले अन्ततः सिके राउतलाई भेटे । वि.सं २०६८ तिर अमेरिकाबाट राजनीति गर्नकै लागि फर्किएका डा. सिके राउतलाई उनले भेटे । इरफान राउतको बोली, बचन र व्यवहारमा निकै नै प्रभावित भईसकेका थिए । हिमालयन्युजहब प्रकाशित
मधेश परिवर्तनकालागि इरफानले डा. राउत जस्तो नेताको जन्म नै नभएको ठोकुवा गरेर सिके राउतलाई राजनीतिमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरे । सिके राउतसंग उनको राजनीतिक यात्राले केही समयसम्म निरन्तरता पाई रह्यो । सोही क्रममा उनी मधेश र मधेशीको अधिकारका निम्ति बाँके, बर्दिया, दांग, रुपन्देही, नवलपरासी, चितवन, काठमाण्डौ लगाएतका विभिन्न जिल्लाहरु गरी उनी लगभग २३ पटक प्रहरी हिरासतमा पनि पुगेका छन् । यो पनि समाचार पढ्नु होला – हजारौंको संख्यामा ईरफान शेखको पक्षमा जनता ओर्लिदा
आन्दोलनकै क्रममा उनीमाथि ५ वटा राजद्रोहको मुद्या लगाईयो । उनले ७ वटाभन्दा बढी सार्वजनिक केशहरुको पनि सामना गरेका छन् । धेरै यातानाहरु सहेका इरफानको शरीरका भागहरुमा प्रहरीद्धारा कुटाई खाएका दोबहरु अझैंपनि ताजै छन् । उनले किसानहरुको अधिकारका निम्ति आवाज उठाउँदो उनको खुट्टा भाँचिएको उनी बताउँछन् । ०७३ को आन्दोलनमा उनको कानको जाली फुटाईएको कथा पनि उनले सुनाए । अधिकार प्राप्तिकालागि उनले गरेका संघर्षले ०७५ मा सरकारसंग सहमतिमा विश्राम लियो ।
स्वतन्त्र उमेदवार कसरी बने इरफान ?
स्वतन्त्र मधेश र नेपाल सरकारसंगको सहमतिपछि डा. सिके राउतकै नेतृत्वमा ‘जनमत’ नामक पार्टी जन्माएका ईरफानले पर्टीको उचाई बढाउन र संगठनलाई विस्तार गर्नकै लागि अहोरात्र खटिए । त्यतिबेला जसपा र जनमत बीचको हाई कमाण्डामा एउटा सहमति भएको थियो । सोही सहमतिले इरफानलाई पाखा लगायो । दुईबीच भएको सहमतिमा जसपाका नेतालाई टिकट दिएकै कारणले इरफानले आफ्नो ‘स्वतन्त्र’ उमेदवारी दर्ता गराए । यो पनि समाचार पढ्नु होला – सडकमा दस हजारको जनसमर्थन देखेर विपक्षी आत्तिए : स्वतन्त्र उम्मेदवार ईरफान शेष
मधेशी जनताको मुुख्य मुद्या भनेको नागरिकता कै हो । यो संगै मधेशी युवाहरुकालागि बेरोजगारीको मुद्यापनि उत्तिकै पेचिलो छ । मधेशका युवाहरुलाई सरकारी होस् या गैर सरकारी संस्थाहरुमा जागिर खान आजको समयमा पनि त्यति सजिलो छैन । त्यसरी बाँकेका प्रहरी प्रशासनबाट मधेशी जनतालाई धेरै नै यातानाहरु हुने गरेको उनको भनाई छ । राज्यद्धारा मधेशी जनतालाई राष्ट्रिय भावनाको महसुुस गराउन नसकेको उनको आरोप छ ।
उनको घोषणापत्र हिन्दि भाषामा, किन ?
भाषा भनेको केवल एक अर्काबीच बोलीचाली बुझ्न र बुझाउनका लागि प्रयोग गरिने एक माध्यम मात्र हो । मेरो घोषणा पत्र हिन्दि र अवधी दुबै भाषामा छापिएको छ । यो मैले मेरो समूदायलाई मध्य नजर गर्दै उहाँकै सहजताकालागि बनाएको हुँ । किनभने नेपालगञ्ज मधेशको भाग भएको हुनाले यहाँ धेरैले नेपाली भाषा बुझ्दैनन् । बुुझेपनि बोल्न जाँदैनन् । त्यसैले उहाँहरुलाई मेरो एजेण्डा बुझ्न र बुझाउन सजिलो होस् भन्ने उद्येश्यले मैले नेपाली भाषामा आफ्नो घोषणा पत्र नछापेर हिन्दि र अवधि दुबै भाषामा छापेको हुँ ।



