२ आश्विन २०८३, शुक्रबार

प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड

एसीपी संवाददाता

३० कार्तिक २०७९, बुधबार १२:४९ मा प्रकाशित

काठमाडौँ, कार्तिक । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अभिनेता खड्काले आफूले अवार्ड पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले फेसबुकमा अवार्डको तस्बिर सार्वजनिक गर्दै आयोजकलाई धन्यवाद दिएका छन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x