२१ कार्तिक २०८३, शुक्रबार

सुडानी नागरिक मोहम्मद अहमद डफल्ला सुन तस्करीमा पक्राउ

एसीपी संवाददाता

८ पुष २०७९, शुक्रबार १८:३५ मा प्रकाशित

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो  ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् ।

२७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् । पाण्डेले सुन तस्करीको विषयमा अनुसन्धान भइरहेको बताए । खबरहब 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x