१७ श्रावण २०८३, आईतवार

जापान अमेरिका बिच सम्झौताले चीनलाई तनाव

एसीपी संवाददाता

२९ पुष २०७९, शुक्रबार १०:४५ मा प्रकाशित

एजेन्सी । अमेरिका र जापानले सुरक्षा सहयोग सुदृढ बनाउन सहमति गरेका छन् ।

तर अमेरिका र जापानबीच भएकाे सहमतिले सुरक्षा खतरा बढाउने भन्दै चीनले चिन्ता व्यक्त गरेको हाे । अमेरिकाले र जापानले गरेको उक्त सहमति इन्डो प्यासिफिक र त्यसभन्दा बाहिरको ठूलो साझा रणनीति भएकाले चुनौती बढाएको चीनले दावी गरेकाे छ । अमेरिकी र जापानका विदेशमन्त्री र रक्षा मन्त्रीहरुको संयुक्त बैठकपछि जारी गरेको विज्ञप्तिमा चीनले अन्तर्राष्ट्रिय सुरक्षामा चुनौती थपेकाले त्यसको सामना गर्न गठबन्धन स्थापित गरेको उल्लेख गरिएकाे छ ।

चीनले विदेश नीति मार्फत आफ्नो फाइदाका लागि राजनीतिक, आर्थिक, सैन्य र प्राविधि शक्तिको प्रयोग गर्न खोजेकाले नयाँ गठबन्धन आवश्यक रहेको ती मुलुकहरुको ठहर छ । ताइवानमा चीनको हस्तक्षेप वा दक्षिण तथा पूर्वी चीन समुद्रमा अन्य शत्रुतापूर्ण गतिविधि भएमा आवश्यक जनशक्ति तैनाथ गर्न पनि ती मुलुकका अधिकारीहरु सहमति भएको जनाइएको छ ।

सोही सम्झौताले लामो समयदेखि चलिरहेको अमेरिका जापान सुरक्षा सन्धि थप मजबुद भएको छ । यस सम्झौतामा नासाले जापानसँग हस्ताक्षर गरेर औपचारिकता दिने तयारी भएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x