१३ माघ २०७९, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि सर्वदलीय बैठक सुरु

एसीपी संवाददाता

१ माघ २०७९, आईतवार ०८:४९ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि सर्वदलीय बैठक बसेको छ । आज (शनिबार) बिहान साढे ११ बजेदेखि सर्वदलीय बैठक बसेको हो ।

हिजो (शुक्रबार) सभामुख चयनका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने अडान राखेको छ ।

सत्तारूढ दलहरू भने तत्काल सभामुखको निर्वाचन गरिनुपर्ने बताएको छ । यस विषयमा के हुने भन्ने विषयमा सर्वदलीय बैठक बसेको छ । उक्त बैठकले निर्णय गर्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x