१८ श्रावण २०८३, सोमबार

अलिबाबापछि टेनसेन्ट कम्पनी चिनियाँ कार्यवाहीमा , ठुला व्यवसायी सशंकित

एसीपी संवाददाता

३ माघ २०७९, मंगलवार ०९:३४ मा प्रकाशित

बेइजिङ।प्रसिद्ध अलिबाबा बजारलाई कार्यवाहीपछि चीनले ठुलाे प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ। हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो।
यस कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि तथा कम्प्युटर र अन्य प्रविधिका लागि पुर्जा आपूर्ति पनि गर्छ । तर सन् २०२० को अन्त्यमा चीनको प्रविधि क्षेत्रमा नियम तथा कानुन उल्लङ्घन गरेको आरोपमा व्यापक दमनको सामना गरिरहेको छ ।

गत नोभेम्बरमा लगातार दोस्रो त्रैमासिक रूपमा आम्दानीमा गिरावट आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै १०० भन्दा बढी कर्मचारीलाई आफ्नो जालसाजी विरोधी नीतिको उल्लङ्घन गरेको आरोप लगाएको छ ।तीमध्ये १० जनाभन्दा बढीलाई चीनको सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरिएको छ ।

“कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लङ्घनको शृङ्खलाको अनुसन्धान र सामना गरेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“सन् २०२१ को तुलनामा सन् २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको सङ्ख्यामा वृद्धि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।ती अभियुक्तहरूले कम्पनीको रकम हिनामिना गरेको र घूस लिएको पाइएको छ, जसमा धेरै लाई प्रहरीमा पठाइएको छ र केहीलाई अदालतले समेत दोषी ठहर गरेको छ ।

बर्खास्त गरिएका र भ्रष्टाचारको आरोप लगाइएकामध्ये धेरै कम्पनीको समाचार, खेलकुद र चलचित्रहरूमा कम्पनीको व्यापक सामग्री उत्पादनको निरीक्षण गर्ने सार्वजनिक परामर्श समूह शाखाको हिस्सा थिए । तर उनीहरूले टेनसेन्टका क्लाउड कम्प्युटिङ र फिनटेकलगायत अन्य व्यवसायहरू पनि विस्तार गर्छन् । कम्पनीका अनुसार एक कर्मचारीलाई ‘गैर–राज्यकर्मचारीबाट घूस लिएको’ अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोनी माले गत महिना एक आन्तरिक कर्मचारी बैठकलाई सम्बोधन गर्दै कम्पनीमा भएको भ्रष्टाचारको स्तर ‘आश्चर्यजनक’ भएको बताएका थिए ।

बेइजिङले भिडियो गेममा नियामकीय कारबाही गरेपछि टेन्सेन्टलाई ठुलो धक्का लागेको छ, जसमा सयौं फर्महरूले आफ्ना उत्पादनहरूबाट ‘राजनीतिक रूपमा हानिकारक’ सामग्रीहरू हटाउने र सरकारी मागहरू पालना गर्न कम उमेरका खेलाडीहरूमाथि प्रतिबन्धहरू लागू गर्ने प्रतिज्ञा गरेका थिए ।कम्पनीले पुनरुत्थानको सङ्केत देखाएसँगै सन् २०१७ पछि क्रमशः कम हुँदै गएको यसको सेयर अक्टोबर २८ देखि हङकङमा यसको शेयर मूल्य लगभग दोब्बर भएको छ ।

कम्पनीलाई १८ महिनामा पहिलो पटक गत महिना भिडियो गेमको सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको थियो । यो निर्णयले विश्वको शीर्ष खेल निर्माताको मुनाफामा बाधा पुर्‍याएको सुक्खापनलाई अन्त्य गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x