१३ माघ २०७९, शुक्रबार

पाकिस्तानमा बिजुली संकट , बजार र विवाह हल बेलुका चाँडै बन्द गरिने

एसीपी संवाददाता

११ माघ २०७९, बुधबार ०६:४२ मा प्रकाशित

एजेन्सी । आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह समारोह आयोजना गरिने हलहरु चाँडै बन्द गर्ने घोषणा गरेको छ ।

अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजना अन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो ।

ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू हरेक दिन बेलुका साढे ८ बजेदेखि विवाह हलहरू बेलुकी १० बजेभित्र बन्द गर्ने घोषणा गरेको छ ।

थप उपायहरु घोषणा गर्दै तीब्र उज्यालो दिने बल्बहरुको निर्माण फेब्रवरी १ देखि बन्द हुने र असक्षम फ्यानहरुको उत्पादन जुलाईदेखि बन्द हुने भएका छन् । पाकिस्तानबासीले बारम्बार विद्युत् कटौतीको समेत सामना गरिरहेकै बेला पाकिस्तान सरकारको यो घोषणाले पाकिस्तानी जनता थप मारमा परेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x