मुद्धा दर्ता भइसकेको र अब थप अनुसन्धान अघि बढ्ने उनको भनाइ छ। तिमिल्सीनाले माघ १६ गते आफ्नो ‘गौरीलाल जैशी तिमिल्सीना’ नामको फेशबुकबाट ‘गाई खाने डुम र मह खाने बाहुन कदापी एउटै हुन सक्दैनन्’ भन्ने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्तिले समग्र दलित समुदायको ईज्जत,मानसम्मान, प्रतिष्ठानमा आँच आउने गरी दिएको विभेदपुर्ण अभिव्यक्ति विरुद्ध कानुनी उपचार खोजिएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भिम बहादुर सार्कीले बताए।
जातिय आधारमा कुनै विभेद गर्न नपाईने संविधानमा उल्लेख हुँदा पनि सामाजिक संजालमै दलितलाई हेपीएको अभिव्यक्ति विरुद्ध जुम्लाका दलित अधिकार कर्मी एकजुट भएका छन्।
जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ४ अनुसार विद्युतीय कारोबार ऐन बमोजिम कसुर गरेको देखिन्छ। भने नीज आरोपितलाई जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ७ को उप दफा (१) र (२) बमोजिम कारबाहीको माग समेत गरिएको छ।
यसअघि गत वर्ष जुम्लामा एक वटा जातिय विभेदको मुद्धा दर्ता भएको थियो। समाजमा जातिय विभेद विद्यमान रहेपनि उजुरीका रुपमा हाल सम्म २ वटा मुद्धा दर्ता भएका छन्। नागरिकन्युज 



