२१ कार्तिक २०८३, शुक्रबार

एलिनाले भन्छिन,‘रवि लामिछानेलाई मैले के भनेर ? ब्याक्तीगत चिन्दिन

एसीपी संवाददाता

३ फाल्गुन २०७९, बुधबार ०८:४२ मा प्रकाशित

काठमाण्डौ । रास्वपाका सभापति एवं पुर्वगृहमन्त्री रवि लामिछानेलाई चिन्दिनँ भनेको विषयमा गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन् । उनले सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी हुन् ।

‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’ टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् ।

उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन् । ‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला । मैले जानीजानी कुनै गल्ती गरेकी छैन,’ उनले भनेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x