८ आश्विन २०८३, बिहीबार

सामान्यतया सरकार परिवर्तन भएपछि अर्थतन्त्र समस्या चुनौती – अध्यक्ष इरफान अहमद शेष

एसीपी संवाददाता

२७ फाल्गुन २०७९, शनिबार २०:३६ मा प्रकाशित

नेपालगञ्ज, सामान्यतया सरकार परिवर्तन भएपछि एउटाले छोड्ने र अर्काले लिएपछि कस्तो परिस्थितिमा सत्ता सम्हालिएको थियो भन्ने कुराको विवरण दिने गरिन्छ । यस्तो विवरण दिँदा आर्थिक सवालमा नराम्रो पक्षले पार्ने प्रभावलाई समेत विश्लेषण गर्ने गरिन्छ ।
यसै सन्दर्भमा राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान अहमद शेषले नेपाल सरकार संग जोरदार मांग गरेका हुन नेपालमा अब अर्थ समस्या हटाउनको लागि नोटबन्दी गरिनुपर्छ त्यसले गर्दा हाम्रो देशमा लुकाएर राखेको कालोधनलाई राज्यको सामू ल्याउन सक्छौं।

शेषले भने भ्रष्ट नेता तथा कर्मचारीहरूको कालोधनलाई सार्वजनिक गर्न सक्छौ , होइन भने अब यी भ्रष्ट सिस्टमले देशको नै अर्थतन्त्र पल्ट्याउन बेर लाग्दैन । नोटबन्दी गरि देशमा नया नोटहरू संचालनमा ल्याउनुपर्छ जसले गर्दा कालोधनका मालिकहरूलाई कम्तीमा जेल सम्म पुर्याउन मदत गर्छ।
राष्ट्रिय स्वराज पार्टीले नोटबन्दीको जोडदार माँग समेत गरेको छ। मुलुकको अर्थव्यवस्था अहिले निकै चुनौतीपूर्ण रहेको, राजस्वको दायरा संकुचित नभएको, विदेशी सहायता, विप्रेषण र विदेशी मुद्राको लगानी सन्तोषजनक नभएको, पुँजी पलायनले तीव्रता पाएको, प्रशासनिक खर्च वृद्धि भएको, राज्यको ढुकुटी रित्तो भएको, उत्पादन लागत र व्यापारघाटा बढेको लगायतका कारणहरूबाट नेपालको अर्थतन्त्र खस्किँदै गइरहेको छ ।
यस्तो अवस्थालाई चित्रण गर्दै राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान अहमद शेषले श्वेतपत्रमार्फत यसअघिका सबै आर्थिक गतिविधि असफल भएको भन्दै आफूले बिग्रिएको अर्थतन्त्रमा सुधारमा नआएकोले वर्तमान सरकारसंग भनेका छौ नोटबन्दी गरि देशमा नया नोटहरू संचालनमा ल्याउनुपर्छ नराम्रा कुरा मात्र सार्वजनिक गरी राम्रा पक्षहरूलाई लुकाएको आरोप पनि लगाइएको छ, तर जेजस्ता आरोप–प्रत्यारोप भए पनि मुलुकको वर्तमान अर्थतन्त्र बलियो नभएको कुरामा भने विमति हुन सक्दैन । नयाँ शासकीय संरचनाको निर्माण गर्नेजस्ता दायित्वहरू वर्तमान सरकारको काँधमा रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x