२१ कार्तिक २०८३, शुक्रबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो – निगम

एसीपी संवाददाता

३ चैत्र २०७९, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं । यस अघिकोभन्दा डिजेलमा एक रुपैयाँ सस्तोमा भारतले नेपाललाई इन्धनको नयाँ मूल्य पठाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ । यसअघि घटेर आउँदा पनि मूल्य नघटाएको निगमले यो पटक मूल्य समायोजन गर्ने सम्भावना भने कम देखिएको छ ।नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x