१६ आश्विन २०८३, शुक्रबार

तलाक भइसकेपछि के पुनः संगै बस्न सकिन्छ ?

एसीपी संवाददाता

१६ चैत्र २०७९, बिहीबार ०७:३६ मा प्रकाशित

शहिदा बानो शाह  ,  – रिस, आवेग र बहकाउमा लागेर मान्छेले सानोतनो निहुमा तलाक त दिइ हान्छन् । जब आफ्नो गल्ती महसुस हुन्छ अनि पश्चाताप गर्न थाल्छन् । तलाक दिएकै दिनबाट पत्नीका गुणहरु सम्झिन थाल्छन् अनि उसैसंग बस्न खोज्छन् । तर तलाक दिइसकेपछि इस्लामी शरियत अनुसार वैधानिक रुपमा वैवाहिक नाता समाप्त भइहाल्छ तथापि यदि बस्नै चाहे अब के गर्ने ? त्यस कारण सब भन्दा पहिला बुझ्नु पर्ने कुरा के हो भने तलाक इच्छा वा रिसका कारण साना साना कुरामा मनपरी दिने वा लिने कुरा होईन् ।

यो त शरीयतले दुई त्यस्ता व्यक्ति जसलाई संगै बस्न असम्भव भएपछि एक अर्कासंग छुट्टिनका लागि बनाइ दिएको बाटो हो । अनि हलाला चाहिं तलाक दिएकै पत्नीलाई पुनः आफ्नो जीवनमा वैधानिकताका साथ सामेल गर्न दिएको अवसर हो । हलाला हलाल शब्दबाट बनेको छ ।

हलाला के हो बुझ्न सर्व प्रथम हलाल भनेको के हो बुझ्न अति आवश्यक छ । “अर्थात ‘हलाल’ अरबी शब्द हो जसको अर्थ उचित, विहित, निर्धारित, जायज़ र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित छ र वैध मानिन्छ । पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरीयते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो ।”

हलाला निकाह

शरीयते इस्लाम अनुसार हलाला भने एक प्रकारको महादण्ड हो । किनकि हलालाका लागि तलाक पाएकी पत्नीले अर्को पुरुषसंग निकाह गरी जौजियतको हक अदा (पत्नीको दायित्व निर्वाह) गरेको हुनुपर्छ । एक सज्जन र इज्जतदार व्यक्तिको सामु उसको उपस्थितिमा उसकी पत्नी अर्को पुरुषसंग निकाह गर्नु उसको लागि यो निकै लाजमर्दो कुरा र कठिन परिक्षा हो ।

तलाकपछि हलालाको आदेश नै यही कारणले राखियो जसको डरले गर्दा कसैले आफ्नी पत्नीलाई अनाहक र गैर शराअई कारणले तलाक दिनु पुर्व हजारौं पटक सोच विचार गर्न बाध्य होस् । हलाला गर्ने शर्त यस कारण पनि राखियो ताकि तलाकपछि हराम भएकी पत्नीलाई पुनः वैधानिक रुपमा भित्रियाउनका लागि निकाह गरुन् ।

यसलाई यसरी बुझ्दा सजिलो हुनेछ ।हामी सबैले अवश्य नै कुनै न कुनै कारणले कुनै पनि माध्यम जस्तैः बस, रेलगाड़ी वा हवाईजहाजबाट यात्रा गरेका छौं । यात्राका क्रममा कुनै दुर्घटना भयो भने आफ्नो ज्यान जोगाउन आपातकालीन द्वार वा आपातकालीन झ्यालको प्रयोग गर्नुहोला भनी रेलगाड़ी, हवाईजहाज आदिमा लेखिएको र द्वार खोल्ने उपकरण समेत राखिएको देखेकाछौं होला ।

जति बेला दुर्घटना भयो वा हुने आशंका भयो त्यो आपातकालीन द्वारको प्रयोग गरी बाहिर निस्किन द्वार वा झ्याल भाचेंमा कुनै जरिवाना लाग्दैन् र ज्यान पनि जोगिन्छ । तर दुर्घटना नभएको खण्डमा त्यतिकै ख्याल ठट्टामा कसैद्वारा त्यो आपातकालीन द्वार वा झ्याल भाचिँएमा दण्डित गरिन्छ जरिवाना पनि असूल गरिन्छ होईन् र ।

त्यसै गरी तलाकको कुरा गर्दा शरीयते इस्लामले जब पति पत्नी बीच सम्बन्ध यति बिग्रिएको होस् कि दुबैलाई ज्यानै जाने वा बाँच्नै नसक्ने कि त आफु मरिहाल्ने कि अर्कोलाई मार्दिन् सक्ने खतराको अवस्था आयो भने त्यतिबेला तलाकलाई आपातकालीन बाटोको रुपमा प्रयोग गरी एक अर्कासंग छुट्टिन र जोगिन सक्ने प्रावधान राखेर तलाक दिन र लिन आदेश दिएकोछ । त्यसको लागि तीन पटकमा चरणबद्ध तलाक दिने भनी आदेश छ ।

तर यदि अल्लाहको आदेश विपरीत कसैले एक साथ तीन तलाक दियो भने पनि उसमाथि उसकी पत्नी हराम भइहाल्छिन् अब जब सम्म उसको पत्नीले अर्को पुरुषसंग निकाह गर्दैनिन्न् र उसले तलाक दिदैंन् वा छाड्दैन् तब सम्म ऊ आफ्नी साबका पत्नीसंग बस्न सक्दैन् । यो उसको लागि महादण्ड हो । जसले हलाल काम मध्येको अल्लाहलाई सबभन्दा मन नपर्ने कार्य आफ्नी पत्नीलाई तलाक दिन्छन् । उनले हलालाको सम्बधमा बुझ्नको लागि हलाल भनेको के हो यो बुझ्न अति आवश्यक छ ।

“हलाल” एक अरबी शब्द हो जसको अर्थ हो उचित, विहित, जायज़ र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित र वैध मानिन्छ । यस्तै समाजमा बसेर आफ्नो वंश बढाउन र एक अर्को आवश्यकता पुरा गर्नका लागि पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरीयते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो ।

तर तलाक पछि आफ्नी साबका (पुर्व) पत्नीलाई पुनः आफ्नो जीवनमा सामेल गर्न उसकी पत्नीले अर्को पुरुषसंग निकाह गरी जौजियत भन्नाले पत्नीका दायित्व निर्वाह गरेको हुनुपर्छ । यस बारे कुरानापाकमा अल्लाहको आदेश सुरह बक्राको आयत २३०मा प्रष्ट छ ।

अल कुरआन
सुरहः बक्रा आयतः २३०
“यदि तेस्रो पटक कुनै महिलालाई तलाक दिन्छ भने त्यसपश्चात उसले अर्को पुरुषसँग निकाह नगरेसम्म त्यो उसको लागि हलाल (वैध) हुँदैन। अतः यदि दोस्रो पतिले उनलाई तलाक दियो भने उनीहरु एक अर्का तर्फ फर्के भने यसमा कुनै पाप छैन् । यदि तिनीहरू दुबैले विश्वास गर्दछन् कि अल्लाहले सीमितताहरू कायम गर्न सक्नुहुन्छ र यी अल्लाहको (नियुक्त) सीमाहरू हुन् जसलाई ज्ञानीहरुका लागि स्पष्ट बयान गर्दैछ ।”

तलाक पश्चात पुनः बस्नका लागि

तलाकपछि पत्नी पतिको लागि हराम भइहाल्छिन् यसरी हराम भइसकेकी पत्नीलाई बिना निकाह भित्रियाउन अवैध छ । अब हलाल तरिका (वैधानिक रुप) ले पत्नीलाई भित्रियाउन उसले शरीयतले भने अनुसार अर्को पुरुषसंग निकाह गर्नै पर्ने हुन्छ । इस्लाममा असल तथा वास्तविक हलालाको अर्थ एक तलाकशुदा महिला आफ्नो इच्छा मुताबिक बिना शर्त स्वचालित वा अनियोजित रुपमा कुनै अर्को पुरुषसंग निकाह गरेको हुनुपर्छ ।

त्यसपछि यदि कारणवश ती महिलाको त्यो विवाह सफल हुन सकेन् अर्थात पतिले तलाक दिएमा वा पतिको मृत्यु भइहालेमा त्यस्तो परिस्थितिमा उनले इद्दत पुरा गरेर आफ्नो इच्छा अनुसार तब पहिलो पतिसंग निकाह गर्न सक्छिन् । यो हो असल र वास्तविक इस्लामिक हलाला निकाह । यसरी तलाक दिइएकी पत्नीसंग बस्न चाहेमा दोस्रो पतिसंग अलग भइसकेपछि पुनः नँया महरका साथ पुनः निकाह गरी संगै बस्न सकिन्छ । गोलखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x