१७ श्रावण २०८३, आईतवार

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

एसीपी संवाददाता

१७ चैत्र २०७९, शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका छन् । पूँजीबजार दर्दनाक अवस्थामा रहँदा नियामक निकायले थप प्रभावकारी भूमिका खेल्नुपर्नै भन्दै पूँजीबजारलाई प्रविधिमैत्री बनाउन लगानीकर्ताले आग्रह गरेका छन् ।

केही समयअघि नेपाल राष्ट्र बैंकले लगाएको १२ करोडको सीमाले लगानीकर्ता हतोत्साही भएकाले तत्काल हटाउन लगानीकर्ताले माग गरेका छन् । मार्जिन कल, क्यापिटल ट्याक्स, चर्काे कमिशन, ऋणको मर्काले लगानीकर्ता थप पीडित भएको गुनासो गरेका छन् । नयाँ स्टक, ब्रोकर लाइसेन्स, कमोडिटी मार्केट र एनआरएनएलाई भित्र्याउने, ब्रोकररहित कारोबार विगत लामो समयदेखि अन्योलमा रहेको छ ।

बजार प्रविधिमैत्री भएमा मात्र लगानीकर्ता उत्साही हुने बताउँदै शून्य दशमलव २५ प्रतिशत कमिशन, टी प्लश टु, अक्सन मार्केट र शर्ट सेलको व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउनुभएको छ ।

बोर्डको नीति तथा कार्यक्रममा सबै कुरा समेटिए पनि कार्यान्वयन पक्ष भने फितलो रहेको स्पष्ट रहेको बुझ्न गाह्रो छैन । हाल २७ लाखले आईपिओ भर्ने गरेका छन् भने १५ लाख डिम्याट एकाउन्ट पूँजीबजार हाल ५० प्रतिशत भन्दा कम लगानी घटेको भन्दै सिंगल डिजिटमा व्याज झारिनुपर्ने शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारानाथ फूलेल बताउनुहुन्छ ।

शेयर बजारलाई जोखिमको क्षेत्र मानिन्छ, यद्यपी यसबाटै लगानीकर्ता शून्यबाट करोडपति भएका कयांै उदाहरण छन् । कतिपय लगानीकर्ता घरबारै बेच्नुपर्ने अवस्थामा समेत पुगेका छन् । कतिपय राजनीतिक नेतृत्वले यसलाई अभौतिक वस्तुको लगानी भनेर टिप्पणी गरिदिँदा लगानीले थप जोखिमको बाटो समात्ने गरेको दृश्य पनि देखिएको छ ।

लघुवित्त र मिटरब्याजी ऋणका कारण जनता नै आन्दोलित भएपछि जसरी सकारकारको टाउको दुखाईको विषय भएको छ, त्यसरी नै पूँजीबजारको लगानीलाई लचिलो समाधान खोज्न जरुरी छ । यसका लागि नियामक निकायको सक्रियता आवश्यक छ ।ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x