१६ आश्विन २०८३, शुक्रबार

चीनमा मुस्लिम धर्मावलम्बीकाे संस्कृतिमाथि दमन , राेजा इफ्तारि समेतमा हस्तक्षेप राेक्नुपर्छ : जसपा नेता पठान

एसीपी संवाददाता

१ बैशाख २०८०, शुक्रबार १०:१५ मा प्रकाशित

कपिलवस्तु । चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन।

बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ , नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ राेजा इफ्तारी गर्न सकेका छन तर १५ कराेड भन्दा माथि उइगुर मुस्लिम बसाेबस गर्ने चीनमा तिनकाे धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुँदै आएकाे जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) ले बताउनुभएकाे छ ।
प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापकाे विराेध गर्नुपर्ने ओैंल्याउएका छन ।

उनले लगभग १५ लाख मात्र मुस्लिम रहेका नेपालमा धार्मिक स्वतन्त्रता दिएकाे छ तर कराेडाैं मुस्लिमलाई दास झैं व्यवहार गरिरहेकाे चीनमाथि मुस्लिम राष्ट्रहरुले समेत केही बाेल्न नसकेका अवस्थाले चीनमा इस्लाम धर्मावलम्बी मर्कामा परेका समाचार अन्तर्राष्ट्रिय संचारमाध्यममा दिनहु प्रकाशित भएकाे बताए ।

प्रवक्ता पठानले चीनमा उईगर मुस्लिम समुदाय लाई दुःख ,यातना दिने गरेको अंतराष्ट्रीय संघ संस्थाहरुले पनि पुष्टि गरिसकेकाले चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर्न, उइगुर मुस्लिमलाई स्वतन्त्रता दिन, उइगुर मस्लिमको मानवअधिकार बहाली गर्न नेपाल सरकारले चीनलाई दबाव दिनुपर्नेमा जाेड दिनुभयाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x